काठमाडौं । गायन कलाको सैद्धान्तिक पक्षलाई समेत अगाडि बढाउँदै आइरहेकी शोभा पाण्डे एक पृथक् कला भएकी चर्चित गायिका हुन् । रूपन्देही जिल्ला देवदह–१ गाउँपालिका हाल देवदह–५ नगरपालिकास्थित सामान्य परिवारमा बुवा गणेश पाण्डे र आमा शान्ता पाण्डेको कोखबाट जन्मिएकी शोभा संगीतको सुरहरूमा रमाएकी छिन् । उनको बच्चैदेखिको गायिका बन्ने रहर र सपना पूरा भएको स्वयम् बताउँछिन् । गायन कलामा एक दशक बितिसकेको मीठो अनुभव पनि उनी उत्साहपूर्वक सुनाउँछिन् । कुनै पनि स्रष्टा र सिर्जनाको जन्म हुन व्यक्तिको इच्छा व्यक्तिसँगै उत्प्रेरणा स्वरूपको वातावरणको आवश्यकता हुनुपर्ने शोभा बताउने गर्छिन् । स्कुल, कलेज पढ्ने समयमा पनि अवसर पाउनासाथ पाण्डे आफ्नो कलालाई व्यक्त गर्ने स्वभावले आज एउटा कलाको जन्म भएको मान्न सकिन्छ । उनको गायन यात्राको निरन्तरताले समेत यसलाई स्पष्ट रूपमा प्रमाणित गरेको छ । बच्चैदेखि नै गीत सुन्दा संगीतको सुरले दिने आनन्द अहिलेसम्म पनि उस्तै रहेको शोभाको अनुभव छ । गायन पेसालाई अभैm बढी तिखार्नका लागि शोभाले संगीतमा नै ब्याचलर, मास्टर डिग्री पास गरेर हाल एमफिल÷पीएचडीमा संगीतकै विषयमा अनुसन्धानसमेत गर्दैछिन् ।
शोभाले वि.सं. २०७१ सालमा ‘यस्तो मान्छे फेला परोस्’ बोलको गीत गाएर सांगीतिक क्षेत्रमा पाइला टेकिन् । मेलोडियस गीतहरू बढी रुचाउने शोभाको पहिलो गीतले श्रोताको मन जित्न सफल बन्यो । वि.सं. २०७३ सालमा डा. कृष्णहरि बरालको शब्द, गैरे सुरेशको संगीत तथा पाण्डेको स्वरमा एकल एल्बम ‘शंका’ बजारमा आएको हो । उक्त एल्बममा रहेका गीतहरूमध्ये मनाही छ, मेरो चरित्रमा शंका गर्ने तिमी को ?, मन मान्दैन जस्ता गीतहरूले उनको सांगीतिक यात्रालाई अभैm बढी चर्चामा पु¥यायो । वि.सं. २०७७ सालमा डा. बरालकै एकल शब्द, र पाण्डेको एकल स्वरमा संगीतकारहरू गैरे सुरेश, महेश खड्का, हरि लम्साल, तारा प्रकाश लिम्बू र एनबी जनकपुरीको संगीतमा एल्बम ‘घायल’ प्रकाशन भएको थियो । ग¥यो घायल भएँ म त, मलाई मान्दछौं भने भन, म त माया गर्न थालेँ, प्यारो नेपालजस्ता गीतहरू चर्चामा रहे ।
हालसम्म करिब ६ दर्जनभन्दा बढी गीतहरू रेकर्ड गरेकी शोभाले आधुनिक लोक तथा लोकआधुनिक, प्रेम, देशभक्ति, संयोग तथा वियोग, भक्ति, सन्देशमूलक, सांस्कृतिक गीत गाएकी छन् । चलचित्र ‘प्रेमलिला’मा समावेश ‘सबको कहानी उस्तैउस्तै नहुने रहेछ’ बोलको गीत पनि उनको रुचाइएको गीत हो । पाण्डेका गीत तथा गीति भिडियोहरू विभिन्न डिजिटल माध्यममा हेर्न र सुन्न सकिन्छ । गायन यात्राको एक दशकमा उनले प्रोत्साहनस्वरूप रेडियो देवदह, दुधौली एफएम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सम्मान तथा कदरपत्र प्राप्त गरेकी छिन् । त्यस्तै सर्वोत्कृष्ट गायिकाको रूपमा जिनियस म्युजिक अवार्ड, छायाँछवि तीज म्युजिक अवार्ड प्राप्त गरेकी उनले तेस्रो म्युजिक खबर तीज म्युजिक अवार्डमा निर्णायकको भूमिका पनि निभाएकी छिन् । काठमाडौं कर्मथलो बनाएर गायन पेसामा चर्चित शोभा विभिन्न संघसंस्थासँग पनि आबद्ध छिन् । शास्त्रीय संगीत नेपालको आजीवन सदस्य रहेकी शोभा प्रस्तोता समाज नेपालको साधारण सदस्य हुन् ।
प्रतिक्रिया