काठमाडौं । ब्राजिलको सर्वोच्च अदालत नजिकै स्थानीय समय अनुसार बुधबार भएको ‘आत्मघाती आक्रमण’मा विस्फोटक पदार्थ बोकेका एक व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जी–२० शिखर सम्मेलनको तयारी भइरहेका समय सम्मेलन हुनुभन्दा केही दिनअघि उक्त आक्रमण भएको हो ।
ब्रासिलियाका उपराज्यपाल सेलिना लेओले बताएको प्रारम्भिक जानकारीअनुसार यो ‘आत्मघाती’ आक्रमण प्रयास थियो । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी चिनफिङसहित विश्वका नेताहरूको सहभागितामा आगामी सोमबारदेखि सुरु हुने जी–२० शिखर सम्मेलनको पूर्वसन्ध्यामा अधिकारीहरूले देशमा सुरक्षा व्यवस्था कडा पारिसकिएको बताएका छन् । राष्ट्रपति सी बुधबार ब्राजिलियाको राजकीय भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । सर्वोच्च अदालतले एक विज्ञप्ति जारी गर्दै बुधबारको सत्रको अन्त्यमा दुईवटा विष्फोट भएको र न्यायाधीशहरुलाई सकुशल बाहिर निकालिएको जनाएको छ ।
प्रतिक्रिया