देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

रास्वपाका नेताहरुले अदालती कारवाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता

देशान्तर

काठमाडौँ । रास्वपाका नेताहरुले अदालती कारवाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्च अदालतमा अवहेलनाको रिट दर्ता भएको छ ।
अधिवक्ता अनुपम भट्टराईले अनुसन्धानमा रहेको चरणमै अदालतलाई दबाब दिने उद्देश्यले अभिव्यक्ति दिने, आन्दोलन गर्ने र जनमासलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजेको दाबी मुद्दा दर्ता गराएका हुन् । यो मुद्दामा मङ्सिर तीन गतेको लागि पेसी तोकिएको छ ।
अवहेलना निवेदनमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा जनतामा फैलाउने लगायतका कार्य गरी स्वतन्त्र न्यायपालिका माथि जनमानसमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ । अवहेलना निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले, मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त मर्हजन, तोषिमा कार्की, सोबिता गौतम सन्तोष परियारलगायतलाई विपक्षी बनाइएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने भएको छ । अहिलेसम्म प्रधानमन्त्रीको कार्यालयबाट जवाफ नआएको र प्रधानमन्त्रीले समय दिएलगत्तै सांसदहरुले भेटेर ज्ञापनपत्र बुझाउने रास्वपाको तयारी छ ।
प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रको विषयमा आज पार्टीका सांसदहरु बसेर छलफल गरेका छन् । प्रधानमन्त्रीलाई बुझाउने ज्ञापनपत्रमा सभापति लामिछानेको विषयमा केन्द्रित रहेको छ । रास्वपाले सभापति रवि लामिछानेलाई सहकारी प्रकरणमा प्रतिशोध राखेर पक्राउ गरेको भन्दै सरकारविरुद्ध आन्दोलन गर्दै आइरहेको छ ।