काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको छ ।
चिनियाँ पक्षसँग उठाउनुपर्ने एजेण्डासहितका समग्र विषयमा छलफल गर्न मंसिर २ गते प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाइएको हो ।
उक्त बैठकले प्रधानमन्त्रीको विदेश भ्रमणको विषयमा छलफल र कार्यसूची तय गर्ने जनाइएको छ । प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते पाँचदिने औपचारिक भ्रमणका लागि चीन जाँदै छन् ।
प्रतिक्रिया