काठमाडौं । नेपाली युवा महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । आईसिसी यू–१९ महिला टी–२० एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो । एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो ।
यसैबीच मलेसियामा यही डिसेम्बरमा हुने एसीसी महिला यू–१९ टी–२० एसिया कप क्रिकेटमा नेपाल, भारत र पाकिस्तान एउटै समूहमा परेका छन् । एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र मलेसिया छन् । एसिया कप डिसेम्बर १५ देखि २२ सम्म हुनेछ । नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तान र दोस्रो खेल डिसेम्बर १७ मा भारतसँग खेल्नेछ ।
प्रतिक्रिया