देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्योगमा काटिएको बिजुली लाइन जोड्ने निर्णय-बक्यौताको बिल उपलब्ध गराउन नसके प्राधिकरणका कर्मचारीलाई कारबाही

देशान्तर

काठमाडौं । सरकारले बिजुली बक्यौताको बिल उपलब्ध गराउन नसके नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई कारबाही गर्ने भएको छ । मंगलबार प्राधिकरण बोर्ड बैठकपछि ऊर्जामन्त्री दीपक खड्काले उद्योगलाई बिल उपलब्ध गराउन नसके प्राधिकरणका कर्मचारीलाई कारबाही हुने बताएका हुन् । मंगलबार बसेको प्राधिकरण बोर्ड बैठकले उद्योगमा काटिएको बिजुली लाइन जोड्ने निर्णय गरेको छ ।
गत आइतबार मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको महसुललाई लिएर उद्योगमा काटिएको बिजुली २४ घण्टाभित्र जोड्ने निर्णय गरेको थियो । तर, सोमबार नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूले मन्त्रिपरिषद्को निर्णयको विरोध गरेका थिए । उनीहरूले डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता रकम नबुझाएरै लाइन जोडिए संघर्ष गर्ने चेतावनी दिएका थिए ।