देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपालको कुवेतसामु २१४ रनको लक्ष्य

देशान्तर

काठमाडौं । आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा नेपालले कुवेतसामु २१४ रनको लक्ष्य दिएको छ ।
मंगलबार यूएईको सेभेन डिस्ट्रिक मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा दुई विकेट गुमाएर २१३ रन बनाएको हो । खेलमा कप्तान पूजा महतोले कुवेतविरुद्ध शतक बनाएकी छन् । उनले ५७ बलमा १०० रन पूरा गरिन् । जारी प्रतियोगितामा कुनै पनि टिमका खेलाडीले बनाएको यो पहिलो शतक हो ।


पूजा नेपाली युवा महिला टिमबाट शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेकी छन् । कप्तान पूजाले ६९ बलमा १७ चौकासहित १३० रन बनाइन् । यस्तै, सोनु पाख्रिनले ३३ बलमा दुई चौकासहित ४३ रन बनाइन् । कुवेतकी जिफा जिलानी र राइलिन मारिया डी सुजाले समान एक विकेट लिए ।