काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थानीय तहको उपनिर्वाचनमा एक्लै लड्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा सोमवार बसेको पदाधिकारी बैठकले एक्लै चुनावी प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो ।
केही स्थानीय तहमा आवश्यकताको आधार गठबन्धनबारे सम्बन्धित स्थानीय तहले नै निर्णय गर्नसक्ने तर त्यस्तो गठबन्धन सत्तारुढ दलबाहेक विपक्षीसँग आवश्यकताको आधारमा हुने माओवादीले जनाएको छ । यस्तै बैठकले वर्तमान संविधानलाई संशोधन गरेर थप अग्रगामी बनाउनुपर्नेमा जोड दिएको छ ।
संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली, पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने माआवादीकोे भनाइ छ । यसैगरी विषयगत विज्ञता भएका गैरसंसदहरुलाई मात्र मन्त्री बनाउनुपर्ने पक्षमा माओवादी रहेको छ । बैठकले आगामी पुस २ गते केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ ।
प्रतिक्रिया