काठमाडौं । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई विराटनगरबाट पक्राउ गरि काठमाडौं ल्याइएको छ ।
प्रहरीले अनुसन्धानका लागि उनलाई यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ ल्याएको हो ।
उनलाई आइतबार मध्याह्न बरगाछीस्थित निवासबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । जापानमा जाँदा असम्बन्धित मान्छेलाई लिएर गएर मानव तस्करीको प्रयास गरेको उनीमाथि आरोप छ ।
यसैबीच मानव तस्करी प्रकरणमा मुछिएका अधिकारीलाई पार्टी प्रदेश संसदीय दलले स्पष्टीकरण सोधेको छ । प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीको हस्ताक्षरमाआइतबार उनलाई स्पष्टीकरण सोधिएको हो । उनलाई २४ घण्टे स्पष्टीकरण सोधिएको र सो बमोजिम चित्तबुझ्दो स्पष्टीकरण नदिएमा विधान बमोजिम कारबाही गरिने स्पष्ट गरिएको छ ।
प्रतिक्रिया