देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनपीएल रोक्न माग गर्दै दायर रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश

देशान्तर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) रोक्न माग गर्दै जोरा स्पोर्ट्स म्यानेजमेन्टका तर्फबाट अमिर अख्तरले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । आइतबार न्यायाधीश हरि फुयालको इजलासले रिटमा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

रिटमा अख्तरले एनपीएलको फ्रेन्चाइज नेपाल क्रिकेट संघ (क्यान)ले १० वर्षका निम्ति आफ्नो नाममा दिइसकेको दाबी गरेका छन् । त्यसरी दिइसकेको फ्रेन्चाइज अरू नै कम्पनीमार्फत सञ्चालन गर्न नमिल्ने जिकिर गर्दै उनले यही कातिक २३ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

आउँदो मंसिर १६ गतेदेखि काठमाडौंमा उक्त प्रतियोगिता आयोजना हुँदै छ । प्रतियोगिताका निम्ति क्यानले खेलाडीको ‘अक्सन’ समेत गराइसकेको छ । प्रतियोगितामा सहभागी हुने आठै क्लब आ–आफ्नो तयारीमा व्यस्त छन् ।
अन्तरिम आदेश नपाएसँगै लिगका लागि तत्कालको कानुनी अवरोध हटेको छ ।