काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्राडा कृष्ण प्रसाद ओलीलाई चीन र लोकदर्शन रेग्मीलाइ अमेरिकाको राजदूतमा नियुक्त गरेका छन् । राष्ट्रपतिले यसअघि नै संसदीय सुनुवाइ पूरा भइसकेका ओली र रेग्मीलाई संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत पदमा नियुक्त गरेका हुन् । सरकारले यसअघिका राजदूतलाई फिर्ता बोलाएपछि पद रिक्त रहँदै आएको थियो ।
प्रधानमन्त्री ओली यही डिसेम्बर महिनामा चीन भ्रमण जाने तयारीमा छन् । ओलीलाई चीन भ्रमणको निम्तो आइसकेको छ ।
प्रतिक्रिया