देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मानव तस्करीको आरोप लागेका अधिकारीलाई निलम्वन

देशान्तर

काठमाडौं । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्वन गरेको छ । एमालेको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर उनिमाथि छानबिन गर्न पनि माग गरेको छ ।
एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सावैजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराएका छन् ।
आरोपको अन्तिम निरुपण नहुँदासम्म उनलाई पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा एमालेको संगठित सदस्यबाट समेत निलम्बन गरिएको खतिवडाले बताएका छन् ।