काठमाडौ । नेपाली र साउथ इन्डियनका जम्बो कलाकारको टिम लिएर महँगो बजेटमा कलाकार द्वय दाङका हरिहर अधिकारी र निता ढुंगाना अधिकारीले बनाएको र अभिनय गरेको महत्वाकांक्षी चलचित्र “ह्रस्व दीर्घ “को ट्रेलरले सकारात्मक प्रतिक्रिया पाए सङ्गै यो चलचित्र पनि बहु प्रतीक्षामा परेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो।
कार्यक्रममा बोल्दै अभिनेत्री निता ढुङ्गानाले आफूले भन्दा पनि चलचित्रले बोल्ने भन्दै उनले दुई वर्ष लगाएर चलचित्र बनाएको र दर्शकको कृपाले राम्रो हुने बताइन। अभिनेता हरिहर अधिकारीले दर्शकको साथ र सहयोगले मात्रै आफूलाई अभिनयमा सन्तुष्टि मिल्ने बताए। कार्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा अधिकारी, ढुंगाना सहित ब्रह्मानन्द, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, बिपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र चन्द्र पन्तले निर्देशन गरेका हुन् ।
प्रतिक्रिया