काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश गएका मन्त्री अधिकारीको आलोचना भएपछि उनले नैतिकताको आधारमा राजीनामा दिएको आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
मन्त्री अधिकारी गत जेठ ४ गते प्रदेशको मन्त्रीमा नियुक्त भएका थिए ।
प्रतिक्रिया