काठमाडौँ, । संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज बसेको बैठकले लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
यसअघि बैठकमा प्रस्तावित राजदूत लम्सालले आफ्नो अनुभव, योग्यता, अभिरुची र भावी रणनीतिसहितको कार्ययोजना प्रस्तुत गरेकी थिइन् । परराष्ट्र मन्त्रालयको सचिवका रुपमा कार्यरत उनले यसअघि पाकिस्तानका लागि नेपाली राजदूतको जिम्मेवारी सम्हाली सकेकी छन् ।
प्रतिक्रिया