काठमाडौं । अमेरिकाको टेक्ससमा देउसीभैलो गीतको छायांकन सम्पन्न भएको छ । रिपोटर्स क्लब अमेरिकाको प्रस्तुति र एनआरएनए एनसीसी यूएसए आर्ट एन्ड कल्चर टास्कफोर्सको सहयोगमा निर्माण भएको मौलिक देउसीभैलो गीतमा टेक्ससमा रहेका स्थानीय नेपाली कलाकारहरूको अभिनय रहेको छ । ‘खेल्ने हो देउसी भैलो’ बोलको गीतको भिडियोलाई किशन रेग्मीले निर्देशन गरेका हुन् ।
प्रसिद्ध गीतकार लोकराज अधिकारीको लय तथा शब्दमा तयार भएको देउसीभैलो गीतमा भीम चापागाईं, छविराज सुनार, भीम थापा र शोभा तिमिल्सिनाको स्वर रहेको छ । गीतको संगीत संयोजन कमल अधिकारीले गरेका हुन् भने मिक्सिङ कृष्ण पुनले गरेका हुन् ।
प्रतिक्रिया