देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीन साता नेपाल आएका उमेशका तीन भिडियो

देशान्तर


काठमाडौं । तीन साताको बिदामा नेपाल आएका कलाकार तथा निर्माता उमेश भट्टले नेपाल बसाइका क्रममा तीन वटा म्युजिक भिडियोमा अभिनय गरेर आइतबार अमेरिका फर्केका छन् । तीन ओटै म्युजिक भिडियो भट्टले उनकै युट्युव च्यानल युबी क्रियसनका लागि निर्माण गरेका हुन् । उनले अभिनय गरेको पहिलो ‘सुदूरपश्चिम धान झुल्या माल’ बोलको गीतको म्युजिक भिडियो शुक्रवार सार्वजनिक भइसकेको छ । वीरेन्द्र ठगुन्नाको शब्द टेकेन्द्र नेपालीको स्वर तथा संगीत रहेको उक्त डेउडा भाकाको गीतको म्युजिक भिडियोमा उमेशसँगै स्मारिका ढकालको अभिनय रहेको छ । भिडियोलाई रमेश बिजुलीे बीसीले निर्देशन गरेका हुन् । भिडियोको छायांकन र सम्पादन शतिश सिन्हाले गरेका हुन् । यसैगरी प्रकाश धितालले निर्देशन गरेको ‘म तिम्रै बनौला’ बोलको अर्को गीतमा भट्ट र प्रनिमा दाहालको अभिनय रहेको छ । गीतमा शब्द संगीत ज्ञानेन्द्र गिरी रहेको छ भने मेलिना राई र पर्शु मिश्रको स्वर रहेको छ । भिडियोलाई सुविन गोदारले खिचेका हुन् ।

अमेरिका फर्किनु दुई दिनअघि भट्टले आफ्नो महत्वाकांक्षी प्रोजेक्टका रूपमा ‘गर्न मन छ तमी सँग कुरा पियारी’ बोलको गीतको म्युजिक भिडियोमा अभिनय गरेका छन् । प्रसिद्ध गीतकार लोकराज अधिकारीको शब्द द भ्वाइसका प्रथम बिजेता सिडी विजय अधिकारीको संगीतमा तयार भएको गीतमा समीक्षा अधिकारी र सिडीको स्वर रहेको छ । पुष्कर खत्रीको संगीत संयोजन रहेको गीतको भिडियोमा उमेशसँगै अहिलेकी चर्चित मोडल जुना विश्वकर्मा र कमल सिंहको अभिनय रहेको छ । रोशन विश्वकर्माको कोरियोग्राफी र राजीव समरको निर्देशनमा बनेको म्युजिक भिडियोवाट आफू निकै आशावादी रहेको भट्टले बताएका छन् । गागलफेदीमा छायांकन गरिएको भिडियोलाई दिनेश पराजुलीले खिचेका हुन् । गीत र भिडियो उत्कृष्ट बनेको मोडल विश्वकर्माले बताइन् । भिडियो तिहारपछि सार्वजनिक गर्ने तयारी रहेको छ । दुई वटै म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।