देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सहमति असहमति-लेखक सडकमा, प्रकाशक महलमा


लेखन सोख मात्र थियो कुनै बेला । कतिपयका लागि लेखन ‘कर्तव्य’ ठानिन्थ्यो किनभने ती लेखकले सामाजिक, धार्मिक, नैतिक पुस्तक लेख्थे र तिनको सम्मान थियो ।
क्रमशः ‘साहित्य’का नाममा लेखिन थालेपछि लेखन रुचि, रहर, लहड सबैथोक बन्यो । यसबीचमा लेखक अति यथार्थदेखि उडन्ते फन्टुस फिक्सनसम्म दौडिए । र, पछिल्लो समयका लेखक बढी उडन्ते लेखनप्रति आकर्षित देखिन्छन् भने प्रकाशक र पाठकसमेत त्यतै लहसिएका पाइन्छ ।

यद्यपि, हरेक चिजवस्तुको निश्चित समय हुन्छ । साहित्यमा देखिएका यी अनेक प्रवृत्ति कालक्रमअनुसार नै देखिएका हुन् । वर्तमानका प्रवृत्तिपछि अरू नयाँ प्रवृत्ति जन्मिनु स्वाभाविक हुन्छ ।
यहाँ सन्दर्भ उप्काउन खोजेको भने पछिल्लो समय नेपाली साहित्य लेखन तीव्र र विस्तृत देखिन्छ । अनेक विधामा दैनिकजसो नयाँ पुस्तक प्रकाशन भइरहेका छन् । विमोचन र अन्तक्र्रिया जारी छन् । पुस्तक प्रकाशकहरूको संख्या पनि कम छैन । हरेकजसो प्रकाशकले पुस्तक निरन्तरजसो छापेकै छन् ।
अलिक ‘चलेका’ ९मिडियाले चलाइदिएका रु० प्रकाशकले केही बढी, अन्यले केही कम छापेका हुन सक्छन् तर प्रकाशनको क्रम निरन्तर छ । बजारले सुन्दै नसुनेकादेखि बजार खर्लप्पै छोपेका लेखकसम्मका पुस्तक छापिन्छन् । कम्तीमा एक हजार प्रतिदेखि केही हजार प्रतिसम्म पुस्तक छापिने गरेका छन् नेपालमा । कतिपय ‘चलेका’ ९चलाइएका रु० लेखकका ‘प्रि–बुकिङ’समेत भएर छापिएका छन् । तर, यस्ता पुस्तकप्रति पाठकको गुनासो छ– प्रि–बुकिङ गराएर कमसल पुस्तक भिडाइयो भन्ने ।
जे होस्– पुस्तक लेख्ने र छाप्ने क्रम जारी छ, यो सकारात्मक पक्ष हो ।
तर, पुस्तक लेखक र प्रकाशकबीचको ‘लेनदेन’ भने पारदर्शी, विश्वसनीय र सन्तोषजनक नभएको पाइन्छ । लेखकहरू गुनासो गरिरहन्छन्– यतिवटा पुस्तक लेखेँ, लेखकस्व शून्य अथवा प्रकाशकले ठग्यो वा हाम्रो लेखनको मूल्य पाएनौँ आदि । यस्तो अवस्था अत्यन्त ‘चलेका’ प्रकाशनबाट पुस्तक छापेकादेखि ‘झोला’मा बोकेर हिँडिएका प्रकाशकबाट पुस्तक छपाएकाहरूसम्मको छ ।

मिडियामा ‘यति लाख रुपैयाँ अग्रिम भुक्तानी’, ‘यति हजार प्रति बिक्री’ भनेर ‘कुप्रचार’ गर्नेहरूले पनि लेखकलाई ठगेका खबर सुनिन्छ । यस्तो किन हुन्छ रु
खासमा लेखकलाई लेख्नु बाध्यता छैन किनभने नेपाल जस्तो देशमा लेखेर जीवन निर्वाह हुँदैन । यहाँ पठन संस्कृति स्तरीय छैन । व्यक्तिको पुस्तक किनेर पढ्न सक्ने क्रय शक्ति छैन । तर पनि लेखकले कथित नाम, प्रतिष्ठा र इज्जतका लागि लेख्न रुचि देखाउँछ ।
छाप्न पैसा हुँदैन र दर्तावाल प्रकाशकसम्म पुग्छ । प्रकाशकले लेखक र पुस्तक ९पाण्डुलिपि० दुवैको नाडी र खल्ती एकै पटक छाम्छ । पाण्डुलिपि ठीक छ, केही हजार प्रति बेच्न सक्छु, चलेको लेखक हो भन्ने लागेमा केही प्रतिशत लेखकस्व दिने सर्तमा पुस्तक छाप्छ । खासै चल्दैन, चिनिएको लेखक होइन भन्ने लागेमा प्रकाशक उल्टै लेखकको खल्ती छाम्छ र भन्छ– ‘यति हजार रुपैयाँ कागज किन्न वा छाप्न दिनुभयो भने बाँकी पैसा म हालेर छाप्छु । तपाईंलाई यतिवटा किताब दिन्छु ।’
यसपछि के कति संख्यामा आफ्नो पुस्तक छापियो भन्ने लेखकलाई थाहा पत्तो हुँदैन । सुरुमा भनिएको ‘एक हजार प्रति’मै विश्वस्त भएर बस्नुपर्छ लेखक । र, सो एक हजार प्रतिको लेखकस्वका लागि वर्षौं धाउँदा पनि केही हजार रुपैयाँ हात पार्न सक्दैन लेखकले । प्रकाशक भन्छ– ‘यतिका समय भयो, तपाईंको पुस्तक सबैजसो स्टोरमै छ । बिक्दै बिकेन । घाटा भयो मलाई ।’ तर, उता प्रकाशकको केही तले घर ठडिन्छ, नयाँ कारमा सवार हुन्छ ।
यस्तो बेइमानी नेपाली पुस्तक प्रकाशकहरू सबैजसोबाट भएको छ । यसले लेखकमाथि शोषण र अन्याय भएको छ । यसर्थ, लेखकहरू स्वयंले आफ्ना प्रकाशकहरूमाथि निगरानी गर्नु, आफ्ना पुस्तकको बजार र बिक्रीको अनुगमन गर्नुपर्ने अवस्था छ भने राज्य तहबाट पनि प्रकाशकहरूमाथि नियमन र अनुगमन जरुरी देखिन्छ ।