देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सम्पूर्ण अमेरिकीले चाहेको राष्ट्रपति बन्ने इच्छा छ:अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस

देशान्तर


काठमाडौं । अमेरिकी राष्ट्रपति चुनावमा दुई हप्ताभन्दा कम समय बाँकी हुँदा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफू सम्पूर्ण अमेरिकी जनताले चाहेको राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेकी छन् । जर्जियामा चुनाव प्रचारका लागि प्रस्थान गर्नुअघि एक पत्रकार सम्मेलनमा पत्रकारहरूसँग कुरा गर्दै ह्यारिसले लोकतान्त्रिक भविष्यका बारेमा चिन्ता व्यक्त गर्ने पुरुष र महिलाहरूलाई समान रूपमा हेरेको बताएकी हुन् ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि र उपराष्ट्रपति कमला ह्यारिसले ह्वाइट हाउसमा पहिलो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका छन् । कमला ह्यारिसले अमेरिकी जनताले उनीहरूले सामना गर्ने चुनौतिको सामना गर्न सक्षम राष्ट्रपति चाहेको बताएकी छन् । उनले प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पलाई जनताको मौलिक स्वतन्त्रता खोसेको आरोप समेत लगाएकी छन् । उनले सीमा मुद्दाबारे कुरा गर्दै अमेरिकी सीमा सुरक्षाको सुनिश्चितता आफ्नो सर्वोच्च प्राथमिकताको विषय रहेको बताएकी छन् ।