देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साफ वुमन्स च्याम्पियनसिप – आज बंगलादेशले भारतको सामना गर्दै

देशान्तर

काठमाडौं । साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत आज समूह ए को अन्तिम खेलमा साविक विजेता बंगलादेशले भारतको सामना गर्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ ।

भारत यसअघघि नै समूह ए बाट सेमिफाइनल पुगिसकेको छ । आजको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ ।

भारतले च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानलाई ५्/२ ले पराजित गरेको थियो । त्यसपछि बंगलादेश र पाकिस्तानले १/१ गोलको बराबरी खेले । यस खेलको नतिजाले भारतलाई एक खेल अगावै सेमिफाइनलमा पुर्‍याएको हो ।

भारत जित वा बराबरीले समूह विजेता बन्नेछ । बंगलादेश विजयी भए बंगलादेश समूह विजेता र भारत समूह उपविजेताको रुपमा सेमिफाइनल पुग्नेछ ।