देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अरिट इन्टरनेसनलले वन्यजन्तु संरक्षणमा काम गर्ने

देशान्तर

काठमाडौ । अरिट इन्टरनेसनलले सामाजिक उत्तरदायित्व अन्तर्गत वन्यजन्तु संरक्षणमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।  

प्रत्येक सवारी साधन बिक्रीमा खाद्य तथा शिक्षा प्रदान गर्ने फुड फर लाइफ र होस्टे हाइँसेसँगको साझेदारीमा अरिटले वन्यजन्तु संरक्षणमा योगदान दिन लागेको हो । यस पहलले बंगाल टाइगर, एक सिङ्गे गैंडा र एशियाली हात्तीको संरक्षणमा काम हुने बताइएको छ ।  

यस कार्यलाई समर्थन गर्नु भनेको मानिस र वन्यजन्तु शान्तिपूर्वक सहअस्तित्व गर्ने भविष्य सुनिश्चित गर्नु भएको अरिटको भनाइ छ । “हाम्रो ऋक्च् कार्यक्रमलाई वन्यजन्तु संरक्षणमा समावेश गर्नु भनेको सबैका लागि दिगो भविष्य सुरक्षित गर्ने कुरा हो,” अरिटका क्रिएटिभ सल्लाहकार रोहन अदुकियाले भने, “हाम्रो ग्राहकहरूले अब मानिस र पृथ्वी दुवैमा अर्थपूर्ण प्रभाव पार्न सक्नेछन्।”

अरिट इन्टरनेसनल व्यवसायिक सफलता र वातावरणीय तथा सामाजिक जिम्मेवारीलाई एकसाथ मिलाउँदै दिगोपनसँगको व्यापारिक वृद्धिमा प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ ।