देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गीतकार टेकु छेत्रीको “मनको दियो “सार्वजनिक

देशान्तर

काठमाडौ । गीतकार टेकु छेत्रीले “मनको दियो “बोलको नयाँ गीत सार्वजनिक गरेका छन ।
स्कुल पढ्दादेखीनै लेखनमा सकृय गीतकार क्षेत्रि का “ सम्रिद्द” “समृद्धि” र “शीर्ष “ लगाएत गीति एल्बम बजारमा आएका छन् । हाल सम्म उनको २६ गित रेकर्ड भै सकेको छ । उनले रचना गरेका चर्चित गितहरु हुन् एनी प्रॉब्लम, एण्ट्री हुदैन, एउटै मुटु र सान नानी ।
गीतकार क्षेत्रीले केही समय अगाडि , एंट्री हुदैन, एनी प्रॉब्लम, सान नानी र एटै मुटु बोलको गीतको म्युजिक भिडियो आफ्नै अफिसियल च्यानलबाट सार्वजनिक गरेका थिए ।
पछिल्लो गीतमा क्षेत्रीको शब्द रचना र दीपक दशनामीको संगीतमा अन्जु पन्तको स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा
कलाकार ध्रुब न्यौपाने , समिटी गीरी , सृजन घर्तीको अभिनय रहेको छ ।
लामो समयदेखि नेपाली गीत संगीत क्षेत्रमा आबद्ध रहेर नेपाली कला साहित्यमा कलम चलाइरहेका क्षेत्रीका रचनामा नेपाली सामाजिक परिवेश र नेपालीपनको उत्कृष्ट चित्रण भएको पाइन्छ ।