देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सिटिजन्स बैंक डिजिटलमा फोकस

देशान्तर

काठमाडौं । सिटिजन्स बैंक लिमिटेड इन्टरनेशनल नेपालको प्रमुख वाणिज्य बैंकहरूमध्ये एक हो, जसले डिजिटल बैंकिङ्ग सेवाहरूलाई प्राथमिकता दिँदै ग्राहकहरूलाई उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ। बैंकले देशभर छरिएर रहेका ग्राहकवर्गलाई डिजिटल माध्यममार्फत सजिलो, सुरक्षित, र प्रभावकारी बैंकिङ्ग सेवा उपलब्ध गराउन विभिन्न डिजिटल बैंकिङ्ग समाधानहरू प्रस्तुत गरेको छ।

सिटिजन्स बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न ग्राहकमैत्री सुविधाहरू निरन्तर सञ्चालनमा ल्याउँदै आएको छ। मोबाइलबाट खाताको स्थिति हेर्न, रकम ट्रान्सफर, बिल भुक्तानी, मोबाइल रिचार्ज, क्यूआर कोड स्क्यान गरेर भुक्तानी गर्न सकिने व्यवस्था छ। यसैगरी, डिजिटल कारोबारमा क्यासब्याक र विभिन्न छुट योजनाहरू प्रदान गर्दै आएको छ।

ग्राहकले आफ्नो खातामा इन्टरनेटमार्फत पहुँच प्राप्त गरी रकम ट्रान्सफर, बिल भुक्तानी, चेकबुक अनुरोध जस्ता कार्यहरू सजिलै गर्न सक्छन्। क्यूआर कोड स्क्यान गरेर छिटो र सुरक्षित किसिमले डिजिटल भुक्तानी गर्न सकिन्छ, जसमा विशेष छुट तथा क्यासब्याक सुविधाहरू पनि छन्।

बैंकले ग्राहकको सम्पत्तिको सुरक्षा गरेको छ। पहिलो वर्षका लागि निःशुल्क इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, र डेबिट कार्डको व्यवस्था गरिएको छ भने लककर शुल्कमा ५० प्रतिशत छुट दिएको छ। न्यूनतम मौज्दात ३ लाख हुँदा शतप्रतिशत छुट रहेको छ। उपचारका लागि १ लाखसम्मको मेडिकल क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ।

सिटिजन्स बैंकले विभिन्न व्यापारीहरूसँग साझेदारी गरी डिजिटल कारोबार गर्दा ग्राहकहरूलाई विभिन्न छुटहरू र क्यासब्याक योजनाहरू उपलब्ध गराउँछ। यस्ता योजनाहरूको विस्तृत विवरण सिटिजन्स बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध छ।

बैंकले समय समयमा वित्तीय सचेतना कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ, जसले विभिन्न उमेर समुहका व्यक्तिहरू, महिला, विद्यार्थी, कृषक, र मजदूरहरूलाई वित्तीय ज्ञान प्रदान गर्दछ। यसबाट बैंकिंग प्रणाली मजवुत हुने र उपस्थित सम्पूर्णमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभर ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टी.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरूबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ।