देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रधानन्यायाधीशमा राउतको नाम अनुमोदन

देशान्तर

काठमाडौँ – संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नामलाई अनुमोदन गरेको छ।

बुधबार बसेको बैठकले राउतको सुनुवाइ सम्पन्न गर्दै उनको नियुक्तिका लागि अनुमोदन प्रदान गरेको हो। सुनुवाइका क्रममा राउतले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुका साथै आफूविरुद्ध आएका उजुरीहरूको खण्डन गरेका थिए।

संवैधानिक परिषद्को भदौ ३१ गतेको बैठकले राउतको नाम प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो। अब समितिबाट अनुमोदन भएपछि, राष्ट्रपतिले उनलाई औपचारिक रूपमा प्रधानन्यायाधीशको पदमा नियुक्त गर्नेछन्।

वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको कार्यकाल शनिबार पूरा हुँदैछ। त्यसपछि राउतको नियुक्ति हुने छ।