देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारत र बंगलादेशबीचको टेस्ट बर्षाले प्रभावित, तेस्रो दिनको खेलपनि रद्ध

देशान्तर

काठमाडौँ । भारत र बंगलादेशबीचको दोस्रो टेस्ट बर्षाले प्रभावित बनेको छ । टेस्टको तेस्रो दिन आइतबारको खेल पनि मैदान गिलो हुदा खेल रद्ध भएको छ । टेस्टको पहिलो दिन शुक्रबार खेल बर्षाले प्रभावित हुदा ३५ ओभर मात्र खेल भएर रोकिएपछि खेल हुन सकेको छैन ।

बंगलादेशले टस हारेर पहिला ब्याटिंग शुरु गरेको यस टेस्टमा पहिलो दिनको खेल रोकिदा ३ विकेट गुमाएर १०७ रन बनाएको छ ।बंगलादेशका लागि मोमिनुल हक ४० रन बनाएर खेलिरहेका छन् भने मुश्फिकुर रहिम ६ रन बनाएर खेलिरहेका छन् । श्रीलंकाका कप्तान नाजमुल होसैन शान्तो ३१ रन बनाएर आउट भए भने ओपनर जाकिर हसन शुन्यमै आउट भएका थिए ।

भारतका लागि २ विकेट आकाश दीपले लिएका थिए भने एक विकेट आर आश्विनले लिए । पहिलो र दोस्रो दिन बर्षाले प्रभावित भएको खेल अब भोली शुरु हुने छ । आज बर्षा नभएपनि मैदान खेल्न योग्य नभएको बताइएको छ । २ खेलको यस सिरिजमा भारतले पहिलो खेल जितेर १-० ले अगाडी रहेको छ ।