देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साफ यू १७ को सेमिफाइनलमा नेपाल भारतसँग पराजित

देशान्तर

नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा रोकिएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको सेमिफाइनलमा नेपाल भारतसँग ४–२ गोल अन्तरले पराजित भएको हो ।

भारतको जितमा भिजल यादवले दुई गोल गर्दा ऋषी सिंह र हेम्नेइचुंगले एक एक गोल थपेका थिए । नेपालमा कप्तान सुवास बमले एक गोल फर्काउँदा एक गोल उपाहार पाएको थियो । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले ६१ औं मिनेटमा पहिलो गोल बेहोरेको थियो ।

दायाँतर्फबाट आएको क्रसमा भारतका सुमित शर्माले हेडर गरेका थिए । नेपाली गोलरक्षक पेम्बा नोर्वुले बल बचाउन सफल भए पनि सम्हाल्न सकेनन् र भिजल यादवले गोलरक्षकको खुट्टाबीचबाट बललाई गोलपोष्टमा पठाए ।

केही समयपछि पुनः भिजल यादवले ६८ औं मिनेटमा फ्रीकिकबाट आएको बललाई सुमितले हेडमार्फत प्रहार गरेपछि नेपाली गोलरक्षकले पुनः बचाउने प्रयास गरे पनि भिजलले रिबाउन्डमा दोस्रो गोल थपेका थिए ।