देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भारतको मुम्बईमा भिषण वर्षा, विद्यालय र कलेज बन्द

देशान्तर

काठमाडौँ । भारी वर्षाका कारण भारतको मुम्बई अस्तव्यस्त बनेको छ । भारतको आर्थिक राजधानी भनेर चिनिने मुम्बई र आसपासका क्षेत्रमा भारी वर्षा भएपछि तल्लो क्षेत्र डुबानमा परेका छन् ।

धेरै जसो उपनगरीय क्षेत्र डुबानमा परेको र स्थानीय ट्रेनहरू समेत रोकिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । त्यस्तै बर्षाका कारण कैयौं उडान समेत डाइभर्ट गर्नुपरेको थियो ।

भारतीय मौसम विभागले मुम्बई र यसको आसपासका जिल्ला ठाणे, पालघर र रायगढमा बिहीबार बिहानसम्म रेड अलर्ट जारी गरेको छ ।  भारी वर्षाका कारण बृहन्मुम्बई महानगरपालिकाले बिहीबार सबै विद्यालय र कलेजमा बिदा दिएको छ ।

मुम्बई प्रहरीले सहर र वरपरका क्षेत्रका मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेको छ । मौसम विभागका अनुसार मुम्बई र आसपासका विभिन्न स्थानमा सेप्टेम्बर २७ सम्म भारी वर्षा जारी रहने अनुमान गरिएको छ ।

पश्चिम मध्य र आसपासको उत्तरपश्चिम बंगालको खाडीमा आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्रमा बनेको न्यून चापीय क्षेत्र पश्चिम–उत्तरपश्चिमतर्फ सरेको छ ।