देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालीहरूका लागि क्यानडा उत्कृष्ट शैक्षिक गन्तव्य : बन्न सक्छ राजेश हमाल

देशान्तर

काठमाडौँ । नेपाली चलचित्रका महानायक राजेश हमालले सूचना प्रविधि र विश्वव्यापीकरणको युगमा नेपालीहरूका लागि जुनसुकै देश शैक्षिक गन्तव्य बन्न सक्ने बताएका छन् ।
शनिवार हिमाल मल्टिमिडिया प्रालिको आयोजना एवम् गोरेटो कन्सल्टेन्सीको संयोजनमा काठमाडौँ बानेश्वरस्थित एभरेष्ट होटेलमा भएको वैदेशिक शिक्षा र शैक्षिक परामर्श कार्यक्रममा बोल्दै हमालले सबै खाले शिक्षा वा कोर्षका लागि क्यानडा उत्कृष्ट गन्तव्य रहेकाले नेपाली युवाहरूले स्वविवेकले छनोट गर्न सुझाए ।
उनले नेपाली युवाहरूका लागि स्वदेशमै उत्कृष्ट शैक्षिक गन्तव्य रहे पनि वैदेशिक शिक्षा रोज्नेहरूका लागि विश्वका जुनसुकै देश योग्य रहेको बताए । उनले पछिल्लो क्यानडा पनि भरपर्दो गन्तव्य भएको बताए ।

कार्यक्रममा गोरेटो कन्सल्टेन्सीका प्रबन्ध निर्देशक धिरज कँडेलले क्यानडा अध्ययनका लागि धेरै नेपाली युवाहरूको रोजाइमा रहेको बताए । उनले क्यानडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि लिएको नीतिका कारण अन्यौलता रहेको सन्देश बाहिर आए पनि सार्वजनिक भएजस्तो समस्या नभएको उनले बताए । क्यानडाले विदेशी विद्यार्थीलाई दिइने अध्ययन अनुमतिको सङ्ख्या कम गर्ने लगायतका नीतिहरू लागू गर्न थाले पनि त्यसले नेपाली विद्यार्थीहरूमा ठुलो असर नपर्ने परामर्शदाताहरूले दाबी गरेका छन् । आवश्यक प्रक्रिया पुर्‍याउने विद्यार्थीहरूका लागि नयाँ नीतिले थप सहजीकरण गरेको उनीहरूको भनाइ छ ।

क्यानडाले देशको आर्थिक अवस्था र श्रम बजारको आवश्यकतालाई ध्यानमा राख्दै अध्यागमन नीतिमा सामान्य फेरबदल ल्याएको थियो । सरकारले विदेशी विद्यार्थीको सङ्ख्या कटौती, अस्थायी विदेशी कामदारको सङ्ख्या कटौती, अध्ययनपछि दिइने वर्क परमिटमा कडाइ जस्ता नीति लिने क्रम जारी राखे पनि न्यूनतम प्रक्रिया पुर्‍याउने विद्यार्थीको हकमा समस्या नपर्ने नेपाली परामर्शदाताहरूको दाबी छ । कँडेल पछिल्लो समयमा वैदेशिक अध्ययनको लागि जाने विद्यार्थीको सङ्ख्या बढिरहेका बेला क्यानडा जानेहरूको सङ्ख्यामा उल्लेखनीय रूपमा कमी आएको भन्ने किसिमका समाचारहरूमा सत्यता नभएको बताए ।