देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कति विषाक्त घाँस हाल्छौ


यो अंक–अंकमा विभाजित नाटक

नाटकको संवाद लेख्नेहरूलाई थाहा छ

जतिसुकै साझा, ससंकेत चिठीपत्र प्रकाशित गरे पनि

विचारको मिलन, भावनाको संगम

दुई मुटुको एउटै ढुकढुकी होइन यो भनेर

अरूले बाँधिदिएको लगनगाँठो

औकात ती अरूहरूको रक्तचापजस्तो

पलपलमा अदल–बदल भइरहने

यस्तै अदल–बदलले नेटो काट्यो भने

कहिले शीतांग हुनुपर्ने,

कहिले असिना–पसिना हुनुपर्ने

टाठा–बाठाका यो लगनगाँठो

असीमित परम आनन्दमा सीमित

लगनगाँठो बाँधेकाहरू

बाहिर जति सशक्त देखाउँछन् आफ्नो मिलन

मनभित्र त्यति नै एक–अर्कोबाट विभक्त छन्

सशंकित तर संशक्त अंकित यात्रा

यस्तो यात्रामा लम्किरहेको जोडीको मनभित्रको ज्वारभाटा

भोलि जे पनि हुन सक्छ यहाँ

भनेर सुहागरात मनाएर मात्र के गर्ने ?

मधुमास सकिनुअगाडि पारपाचुके हुन सक्ने

भाषण बमन गरेर जनताको रगत–पसिना गमन गर्न

सँगै बस्ने पारपाचुके अति सुरक्षित !

सबलाई साक्षी राखेर कसेको यो लगनगाँठोभन्दा

त्यसैले संवाद लेख्दा तुलो मिलाउनुपर्ने

लट्ठी नभाँचीकन सर्प मार्नुपर्ने

भोलिको के ठेगान पारपाचुके भएमा ?

अरूको कोसँग लगन गाँठो गाँस्नुपर्ने

आर्यघाट नपुगेसम्म परम आनन्दको उपभोग गर्न

अंक–अंकमा विभाजित यो नाटकमा

परिणति –

भर्खरै बुलन्द नाटक मञ्चन भएको मेरो सहरमा

नाटक सकिएपछि पैसा हजम

जनताको रगत र पसिना खानेले

आकाश थर्काउने स्वरमा बोल्न सक्ने ल हेर !

कति निक्खरा चोखो छु म कायापलट गर्ने

उसको बोलीलाई प्रतिध्वनित गर्न स्वर्णिम स्वर लहरी दिनेहरू

बटारिएर घुमेको माथबरी जुँगाको प्रदर्शन गर्नेहरू

व्यवस्थालाई नै उन्मुक्ति दिएको यो अवस्थामा

हे अवसरवाद र महत्वाकांक्षी पारखीहरू !

कुम हल्लाएर, चस्मा मिलाएर, राल चुहाएर

कहिलेसम्म यसरी सुशासनको कुरा सुनाइराख्छौ,

कति दिन विषाक्त घाँस हाल्छौ यसरी ?