देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बंगलादेशविरुद्धको टेस्टमा आर आश्विनको शतक

देशान्तर

काठमाडौँ । भारतीय स्पिन बल आर आश्विनले बंगलादेशविरुद्धको टेस्ट क्रिकेटमा शतक प्रहार गरेका छन् ।भारत टूरमा आएको बंगलादेशसँग आजदेखि शुरु भएको पहिलो टेस्टको पहिलो दिन भारतले ६ विकेट गुमाएर ३३९ रन बनाएको छ । पहिलो दिनको खेल सकिदा आश्विनले १०२ रन बनाएर खेलिरहेका छन् । आश्विनको टेस्ट क्रिकेटमा यो छैटौं शतक हो ।

केवल ३४ रन बनाएर ३ विकेट गुमाएको भारतले १४४ रन बनाउदा ६ विकेट गुमाएको थियो । त्यसपछि आश्विन र रविन्द्र जडेजाले सातौं विकेटका लागि १९५ रनको साझेदारी गरेर खेलिरहेका छन् ।

जडेजाले अविजित ८६ रन बनाएर अविजित छन् । भारतका लागि यशस्वी जैसवालले ५६ रन बनाएका थिए भने ऋषव पन्तले ३९ रन बनाएका थिए ।त्यसैगरी बंगलादेशका बलर हसन महमुदले ४ विकेट लिए भने नहिद राना र मेहिदी हसन मिराजले एक एक विकेट लिएका थिए ।