देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बिजी ड्राइभिङ ट्रेनिङ सेन्टरमा दशैं, तिहार, छठ पर्वको अवसरमा ड्राइभिङ सिक्न चाहनेहरुका लागि विशेष छूट

देशान्तर

काठमाडौं । ललितपुरको टिकाथलीमा स्थित बिजी ड्राइभिङ ट्रेनिङ सेन्टर प्रति ड्राइभिङ सिक्न चाहनेहरुको आकर्षण बढेको छ । नेपाल सरकारको मापदण्ड अनुसारको उत्कृष्ट प्रशिक्षण सेवा दिंदै आएको बिजी ड्राइभिङ ट्रेनिङ सेन्टरमा ट्रायल प्रशिक्षणस्थलमा ,दक्ष तथा अनुभवी प्रशिक्षकले साना गाडी, मोटरसाइकल तथा स्कूटरको प्रशिक्षण दिदै आएका छन् । यस सेन्टरमा प्रशिक्षण लिएकाहरुले शतप्रतिशत नै सवारी चालक अनुमतिपत्रका लागि ट्रायल पास भएको सेन्टरका सञ्चालक भैरवकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

ड्राइभिङको प्रशिक्षण लिईसकेकाले यस सेन्टरले सवारी चालक अनुमतिपत्रका लागि परामर्श समेत दिंंदै आएको छ । यस सेन्टरले दशैं, तिहार, छठ पर्वको अवसरमा ड्राइभिङ सिक्न चाहनेहरुका लागि विशेष छूटको समेत व्यवस्था गरेको सञ्चालक श्रेष्ठले बताए ।