देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चार महिलाको संघर्ष : नेपाली वृत्तचित्र द अन साइलेन्सड् (The Unsilenced ) प्रदर्शनमा आउदै

देशान्तर


काठमाडौं । वेन फिल्म्स प्रा. लि. को विशेष प्रस्तुति, नेपाली वृत्तचित्र अन साइलेन्सड् The Unsilenced प्रर्दशनीमा आउने भएको छ । यस वृत्तचित्रले चार महिलाहरुको संघर्ष र उनीहरुको सामाजिक मान्यताहरू सँगको चुनौतीपूर्ण
यात्रा र चुनौतीसंगैको आफ्नो जीवनको पुनःनिर्माणका अनुभवलाई उजागर गरेको छ । वेन फिल्म्स प्रा. लि. का संस्थापक प्रमोद लामिछानेद्वारा निर्मित यो एक घण्टा नौ मिनेटको वृत्तचित्रका मुख्य चार पात्र मध्य बालविवाह पछि घरेलु दासत्वमा बाध्य भएकी राधाले बाँच्नका लागि आफ्नो अभिनेत्री बन्ने सपना त्याग्छिन र मायाले कुवेतमा मानव बेचबिखनको भयावहताबाट उम्किएर नेपाल फर्कन्छिन् र यहाँ एक उद्यमीका रूपमा नयाँ जीवनको सुरुवात गर्छिन् । शारीरिक रूपमा होचो भएकी सुन्दरीले समाजका मान्यताहरूलाई चुनौती दिँदै पुरुष प्रधान भूमिकामा पुजारी बन्छिन् र पितृसत्तात्मक भेदभावलाई दृढताका साथ जित्छिन् ।

अर्की पात्र सुकुन, जसले आफ्नो निम्न जातको कारण समाजिक अवरोधहरूलाई सहेर नेपालको सुन्दर हिमालहरूको बीचमा हस्तकलाका उत्पादनहरू बनाएर आफ्नो परिवारलाई सहयोग गर्छिन् । अन्य दुई पात्रले पनि संसार बनाउनका लागि प्रेरित गर्छनकी जहाँ हरेक महिलाको आवाज सुनिन्छ, र तिनका सपनाहरू साकार हुन्छन् । टोसित घटानेद्वारा निर्देशित यो वृत्तचित्र नेपालमा आउँदो २०२४ अक्टोबर ६ तारिखमा काठमाडौँको सीटीसी मल, सीडीसी सिनेमाजमा साँझ ५ बजे प्रदर्शन हुने छ, । त्यस पछि अन्तर्राष्ट्रिय प्रिमियर सिड्नीमा अक्टोबर ३१ तारिखमा र क्यालिफोर्नियामा जनवरी १० मा हुने तय भइको छ ।

२०२४ को इन्टरनेशनल इन्डिपेन्डेन्ट फिल्म अवाड्र्समा गोल्ड विजेता यस वृत्तचित्रले डेनमार्कको इन्टरनेशनल विमेन्स फिल्म फेस्टिवलमा अफिसियल सेलेक्शन, बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसनमा अफिसियल सेलेक्शन, लिभरपुल बेलायतको इन्डी अवाड्र्समा फाइनलिस्ट, बार्सिलोना स्पेनको इन्डी अवाड्र्समा फाइनलिस्ट, इटालीको रियाले फिल्म फेस्टिवलमा अवार्ड विजेता बनि सकेको छ भने , रोमानियाको सिनेमेटिक युरोपियन फिल्म फेस्टिवलमा अफिसियल सेलेक्शन, जर्मनीको ARRF इन्टरनेशनलमा अफिसियल सेलेक्शन, टोकियो जापानको लिफ्ट अफ फिल्म फेस्टिवलमा अफिसियल सेलेक्शन र न्युयोर्क फिल्म एन्ड सिनेमाटोग्राफी अवाड्र्समा अफिसियल सेलेक्शनमा परेको थियो ।