२०१८ सालतिर नेपाली कवितामा एउटा ठलो रूपान्तरण आइसकेको थियो जसको थालनी केही अगिदेखि नै भइसकेको थियो । रुपान्तरित कविताको केन्द्र थियो काठमाडौं ।
यो रुपान्तरण, केवल शैली वा शिल्पमा भएको थिएन काव्यमा पनि भएको थियो ।
त्य अध्याधुनिक कविता उकुसमुकुस र विद्रो निरीहता र नवीनता, अघि व्यक्ति स्वतन्त्रताको माग, व्यक्ति स्वतन्त्रताको आर आवाज, अर्का विद्रोहका रुपमा कविता र अन्य साहित्यिक विद्यामा पनि प्रकट हुन थाले ।
त्यो सम्पूर्ण पुस्ताका एक प्रतिनिधि कवि थिए द्वारिका श्रेष्ठ । द्वारिका श्रेष्ठ आफ्ना समकालीन सशक्त हस्ताक्षरहरूमा एक स्पष्ट चिनिने हस्ताक्षर थिए ।
उनको कविता लेखनको थालनी कसरी भयो त ?
मैले द्वारिका श्रेष्ठलाई यो सोध्नाको कारण थिए ।
२०१५–१६ सालतिर वीरगंज कुमाल टोलमा म बस्थेँ । गोपालचन्द्र गौतम, त्यतिखेरसम्म ‘झ्याउँकिरी’ आदि कथा लेखेर नेपाली साहित्यमा परिचित भइसकेका थिए । त्यसैले आफ्नो प्रथम कविता संग्रह शीतको थोपा प्रकाशित गरेर, त्यो काव्य पुस्तक गोपाललाई दिन आएका रहेछन् ।
द्वारिका श्रेष्ठ नाउँ कविता रुपमा त्यसै समयदेखि मेरो किशोर मनमा अंकित भयो ।
शीतको थोपाका काविता राम्रो थिया, त्यस समयको रोमाण्टिक कविताका रुपमा ।
द्वारिकाले शीतको थापा समयमा एस.एल.सी. दिएपछि साहित्यका विभिन्न पुस्तक पढे । शरतचन्द्र, रविन्द्रनाथ, आदि आदि, शीतको थोपा त्यसै समयमा छापियो ।
गोपाल दाइलाई दिएको शीतको थोपा मैले पूरै पढेँ । द्वारिका श्रेष्ठको नाउँ कविका रुपमा त्यसै बखतदेखि मलाई कण्ठस्थ भयो ।
कलेजमा पढ्दा उनको पठनपाठन अझ उक्लियो । उनले, टी.एल इलियट, एजरा पाउण्ड, आदि पढे ।सार्ज, वकामु काफ्का जस्ता आधुनिक साहित्यका नव निर्माताहरूको अध्ययन गरे । देशको परिस्थितिमा पनि सामाजिक राजनैतिक परिवर्तन आयो । कवि लेखकको स्वर पनि बद्लिन थाल्यो । मोहन कोइाला द्वारिका श्रेष्ठ, मदन रेग्मी कृष्णभक्त श्रेष्ठ, भूपि शेरचन आदि, त्यस समयका प्रमुख कवि थिए पारिजात, प्रेमा शाह, कुन्दन शर्मा, भुवन कोइराला आदि कवि त्यस बखतका प्रतिनिधि हस्ताक्षरहरू थिए । कविता कथामा उकुसमुकुस छटपट, विद्रो र मुक्ति कामनाको स्वर चर्काे देखिन्छ । लेखनमा कहिलेकाहीँ अमूर्तता पनि फेला पर्दछ, जुन अकारण होइन ।
यिनै लेखनका स्वरुपलाई सशक्त आकार दिन तिनै ताका एक विद्रोही संस्था अमलेख नामक संस्था जन्मियो । २०२६ सालतिर ।
द्वारिका श्रेष्ठको अन्तर्वार्तामा यी कराहरू लेख्नाको कारण के भयो, अमलेखको जन्म द्वारिका श्रेष्ठकै कोठामा भएको थियो । सम्भवतः अमलेख आफ्नो खालको पहिली संस्था थियो । नेपालमा । तेस्रो आवाज पहिले भए पनि अमेलेख फरक थियो ।
द्वारिका श्रेष्ठका कविताहरू समयको आवाज हुन्थ्यो र प्रभावकारी हुन्थ्यो ।
रुप–रेखामा द्वारिकाका कविताहरू पढ्दा म अचम्ममा थिएँ । ती कविताहरू शीतको थोपा, भन्दा हरेक दृष्टिले फरक र स्तरीय पनि थिए । मलाई सम्झना छ, एकपटक मैले गोपाल गोतामेका अगाडि द्वारिकाको एक कविताको प्रशंसात्मक व्याख्या गरेको थिए, जवकि मैले उनीलाई देखेको थिए, भेटेको थिइन ।
पछि यी कविहरू जाने रेष्टुरामा म एक जुनियर कवि, प्रशंसकका रुपमा जान्थे ।
क्रमशः परिचय भयो, घनिष्टता भयो र अमलेखको एक संस्थापक सदस्य म पनि भएँ ।
त्यस समयदेखि आजसम्म अरुसँग विभिन्न कारणले भेटघाट खण्डित भएपनि द्वारिका श्रेष्ठसँग त्यसै समयको मित्रता आजसम्म कायम छ ।
उनको कवितामा विद्रोह र उकुसमुकुसको गहिरो अभिव्यक्ति छ । त्यस बखतका उनको प्रत्येक कविताले त्यस समयको परिस्थितिको सशक्त चित्रण गरेको पाइन्छ । उनको शिल्प आफ्नै खालको मौलिक छ ।
द्वारिकाका कविताको एक विशेषता के पनि थियो भने प्रत्येक कविताको थालनीमा शीर्षकपछि दुई पंक्ति अन्य विख्यात कविका काविताबाट दिन्थे, अनि आफ्नो कविता शुरु गर्थे ।
मैले सोधेँ यो तपाईंको काविताको अनिवार्यता थियो, त्यसको कारण के हो ?’
उनले भने – ‘केही पनि होइन भन्दिन । केवल मेरो रहर मात्र पनि भन्दिन । ती दुई उद्धृत पंक्ति मैले मेरो कविता बुझ्न अझै सघाउ पुगोस् भन्ने हो । त्यो पाठकका लागि कविले प्रस्तुत गरेको एक सुविधा हो । सधैं देखिए पनि अनिवार्यता भने होइन ।’
अनि बीचमा, एक यस्तो समय आयो, द्वारिका अन्य करामा व्यस्त भएर हो कि के हो उनको कविता दुर्लभ भयो । लेखिन र देखिन छाड्यो ।
तै पनि साहित्यप्रति उनको लगाव भने कायमै रह्यो । चितवन जंगल लज म प्रत्येक वर्ष उनी वन महोत्सवको आयोजना गर्दथेँ । त्यहाँ रमाइलो पनि हुन्थ्यो ।साहित्य पनि हुन्थ्यो ।
२०६० सालमा नेपाली उपन्यासको शतवायिकी जंगल जलमै मनाइएका थियौं हामीले । धेै ठूलो साहित्यकारले भाग लिएका थिए कमलमाि दीक्षित, लीलबहादुर क्षेत्री, धुस्वाँ सायमि, सनत रेग्मी आदि कैयाँै ।
यसरी द्वारिका साहित्यबाट अलग भने कहिल्यै रहेनन् ।
अमलेखको २५ वर्ष द्वारिकाकै निवास मनाइएको थियो । अचम्म के भने अमलेखका प्रायः वास्तविक सदस्यहरूको त्यहाँ उपस्थिति थियो ।
अब द्वारिका श्रेष्ठ पुनः सक्रिय हुन थालेका छन् । उनको भनाइ छ– ‘अब एउटा संग्रह निकाल्ने त्यसका कविता, पहिलेकाभन्दा अलग्ग हुनेछन् ।’
हाम्रा एक वरिष्ठ कवि देशका, लाई शुभकामना यो तेस्रो काव्य चरणका लागि ।
हालैमा उनले वीपी स्राष्टा सम्मान प्राप्त गरेका छन् । त्यसका लागि पनि बधाई दिएँ उनलाई ।
उनको लेखन र जीवनको चर्चा कायम रहोस् भन्ने कामना पनि गरेर म फर्केँ ।
प्रतिक्रिया