देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

निर्देशक धिताल र गीतकार मिश्रको नयाँ सहकार्य “यो दिलको पाइलट तिमी “

देशान्तर


काठमाडौ । केही समय निर्देशनमा विश्राम लिएका म्युजिक भिडियो निर्देशक प्रकाश धितालले आफ्नो नयाँ भिडियो सार्बजनिक गरेका छन । गीतकार तथा गजलकार कुमार मिश्रको शब्द सिर्जना “यो दिलको पाइलट तिमी ” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरेका धितालले देशान्तरलाई हास्दै भने ” लामो समयको ग्याप पछि आएको छु तर एक्सन कट बिर्सेको छैन हेरेर प्रतिक्रिया दिनु होला ” । आफ्नो भिडियोमा सुबिन गोदारलाई पहिलो पटक छायांकनको पुरै जिम्मा दिएका धितालले भिडियोमा कोरियोग्राफीको जिम्मा सियोन श्रेष्ठलाई दिएका छन भने रङ्ग संयोजन रसम्पादनको जिम्मा राकेश दाहाल लाई ।
भिडियो मा सन्चिता बोलखे र सुरेश कोहलिल को अभिनय देख्न सकिन्छ ।
आइटम गीत बिस्तराले पोल्यो मा अभिनय गरेकी सन्चितालाई पनि प्रकाशले पहिलो पटक एक्सन कट गरेका हुन ।