देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल सांस्कृतिक कलाकर्मी सङ्घले सम्मान तथा शुभकामना सांस्कृतिक साँझ गर्ने

देशान्तर

 काठमाडौँ । नेपाल सांस्कृतिक कलाकर्मी सङ्घले श्रमजीवी कलाकार कल्याणकारी कोष स्थापनार्थ सम्मान तथा शुभकामना सांस्कृतिक साँझ २०८१ गर्ने भएको छ । 

आगामी असोज ३ गते नाचघर जमलमा आयोजना गरिएको कार्यक्रममा  राष्ट्रमा विशिष्ट योगदान पुराएका समाजसेवी र कलाकारलाई सम्मान गरिने आयोजक अध्यक्ष उदिराम खडकाले जानकारी दिएका छन् । 

दिउँसो एक बजे बाट सुरु हुने कार्यक्रममा विशिष्ट व्यक्तित्वहरू सँगै कलाकर्मीको उपस्थितिमा हुने कार्यक्रममा  ख्यातिप्राप्त कलाकारहरूको साङ्गीतिक प्रस्तुति सँगै सत्यवती कला केन्द्रको नृत्य प्रस्तुति पनि रहने छ ।