देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

असोज ५ गते वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम हुने, राजेश हमाल प्रमुख अतिथि 

देशान्तर

काठमाडौँ । हिमाल मल्टिमिडिया प्रा. ली. द्वारा ‘वैदेशिक शिक्षा, शैक्षिक परामर्श कार्यक्रम’ आयोजना हुने भएको छ । पछिल्लो समय विकराल बन्दै गएको वैदेशिक शिक्षाका विभिन्न पाटोमा केन्द्रित रहेर विचार विमर्श तथा छलफल गर्ने अभिप्राय सहित आउँदो असोज ५ गते शनिवारका दिन कार्यक्रम हुन लागेको हो ।

नयाँ बानेश्वर स्थित एभरेष्ट होटेलमा बिहान १० बजे देखि सुरु हुने कार्यक्रम, विशेषतः : कक्षा १२ र स्नातक अध्ययनरत विद्यार्थी केन्द्रित रहने छ । वैदेशिक शिक्षा अध्ययनमा देखा परेका समस्या, विदेश पुगेपछि भोग्नु परेका चुनौती, वैदेशिक शिक्षाका नाममा हुने ठगी लगायतमा विषयवस्तु कार्यक्रममा समेटिने छन् ।

महानायक राजेश हमालको प्रमुख अतिथि रहने शैक्षिक परामर्श कार्यक्रममा सहभागीहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । कुनै पनि हालतमा मुलुक छाड्ने सपना बुनिरहेका विद्यार्थीको मनोविज्ञानको अन्तर्य प्रति नेपालमै रहन सक्ने आधार सहित र विदेश पढ्न जाने योजना भएकाहरूलाई आवश्यक पर्ने योजना र मनोविज्ञानका विषयमा समेत छलफल रहने छ । हाल वैदेशिक अध्ययनमै रहेका विद्यार्थी र प्रतिनिधिहरूसँग वैदेशिक शिक्षाका बारेमा बुझ्न समेत सकिनेछ ।