भक्तपुर । भक्तपुर निवासी नेपाली काँग्रेसका युवा नेता एवं समाजसेवी रबी राणाले तिथली नगरकोटी धिमेवाजा खल समितिका संयोजक विनय नगरकोटी लाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेका छन् ।
सूर्य विनायक नगरपालिका ७ गुण्डुमा आज भएको एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै राणाले कला र संस्कृत देशको पहिचान भएको भन्दै यसलाई बचाएर राख्ने सबैको कर्तव्य भएको बताए । उनले यसका लागि यो त्यो नभनी आफू र आफ्नो सिङ्गो पार्टीको साथ रहेको बताए । साथै राणाले आगामी शनिवार दीक्षान्त हुने लाई अग्रिम बधाई दिँदै आफूले सिकेका कुरा भावी पुस्तालाई पनि सिकाएर समाजलाई सही मार्गमा लानेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा धिमेवाजा खल समितिका संयोजक नगरकोटीले वडा र नगर पालिकामा सहयोग माग्दा सहयोग नदिएको र दीक्षितलाई दीक्षान्त समारोह गर्न समेत नसक्ने अपस्थामा समाजसेवी राणाले सहयोग गरेर आफूहरूको हौसला बढाएको भन्दै आभार व्यक्त गरे । बिना स्वार्थमा काम गर्दा भगवानले समेत पुराएको भन्दै उनले आफू र टोलवासीको अझ हौसला बढाएको बताए । आगामी शनिवार १२ जना दीक्षित हुँदै छन् । स्थानीय हरूको आग्रहमा पार्टी नेता एवं समाजसेवी एवं राणाले सहयोग गरेको स्थानियले जानकारी दिएका छन् ।
प्रतिक्रिया