काठमाडौं । पछिल्लो समय ‘म त तिम्रो हैन’ बोलको गीत युट्युबमा भ्युअर्स बटुलिरहेको छ । एक जोडी युवाको प्रेमकथा उजागर गरिएको उक्त गीत डा. शिव सुवेदीले लेखेका हुन् । सुवेदी पेसाले वैज्ञानिक हुन् । तर, उनी गीतकारमा रूपमा चिनिन्छन् ।
लोक तथा दोहोरी गीतसंगीत क्षेत्रका स्थापित डा.सुवेदीले भूकम्प विज्ञानमा विद्यावारिधि गरेका छन् । गीतकार सुवेदी भन्छन्, ‘गीत लेख्नु मेरो आदत हो, भूकम्प विज्ञान कर्म ।’ सुवेदीको पहिलो गीत ‘घामजस्तो चम्किलो’ नै चर्चित बनेको थियो । पुरुषोत्तम न्यौपाने र बिमाकुमारी दुराले गाएको उक्त गीत नै सुवेदीको लागि संगीतयात्राको कोशेढुंगा बन्यो । २०६३ सालमा उक्त गीत बजारमा आएको उक्त गीत १७ वर्षपछि हालै कुशल बेलवासे र सुनिता बुढाले गाएका छन् । जसले गर्दा उक्त गीत नयाँ पुस्तामाझ पुनः लोकप्रिय बनेको छ ।
‘भुँमरीमा परें भने’, ‘भुल्नै भयो धौ’, ‘कहाँ छौं’, ‘नीरमाया भेटै भ
ाछैन’ जस्ता दर्जनौँ चर्चित गीतका सर्जक सुवेदी भन्छन्, ‘समय र अवस्था हेरेर गीत लेख्ने गरेको छु ।’ सुवेदीले लेखेका अधिकांश गीत चर्चित छन् । ‘कल्पनामै भए पनि देख्छु भनेको’, ‘घामले नि पोल्दियो’, ‘किन यस्तो हुन्छ’जस्ता गीतहरू लगातार बजारमा ल्याएपछि सुवेदी गीतकारको रूपमा चम्किएका थिए ।
सुवेदीको चर्चित गीतमध्ये कुलेन्द्र र पूर्णकला बीसीको स्वरमा ‘मेरो आधा जिन्दगी’ पनि हो । गीतसंगीतमै अघि बढिरहेका बेला उनी २०७२ सालमा विद्यावारिधि गर्न स्विट्जरल्यान्डतर्फ लागे । तर, परदेशमा रहँदा पनि उनले ‘यस्तै छ कहानी परदेशीको भाग १, २, ३ ल्याएका थिए ।
गीतसंगीतमा संघर्ष गरिरहेका बेला हरेश नखाएको होइनन्, तर, उनले निरन्तर पाइला पछ्याइरहे । त्यसक्रममा ‘तिम्रै झल्को दियो’, ‘मलाई त काठमाण्डुले धपाएको हो’, नसोध कसैले किन जानी हो, बाँचेको छु धन्न’, ‘आफ्नोपन’, ‘भूकम्प सचेतना गीत ‘अभागी त म हुँ’, ‘कस्को अनुमति’, ‘तिमीबिना’जस्ता गीत लोकप्रिय बनेपछि उनी गीति लेखनमा झनै हौसिए ।
गीतसंगीतमा उचाइ हासिल गर्दै परिवारले छोरोले पढोस् भन्ने चाहना पूरा गर्न विद्यावारिधि गरे । विश्वका धेरै देश पुगिसकेका सुवेदी भन्छन्, ‘कतै अध्ययन त, कतै गीतसंगीतका लागि विदेश गएँ ।’ अमेरिका, क्यानाडा, बेलायत, फ्रान्स, स्विट्जरल्यान्ड, बेल्जियमलगायत दर्जनौ्र मुलुक भ्रमण गरिसकेका सवेदीले गीतसंगीतबाट थुप्रै पुरस्कार र सम्मान पाइसकेका छन् ।
अलिमिया स्रष्टा सम्मान, प्रतिष्ठान गण्डकी प्रदेश सम्मानबाट सम्मानित भएका उनले उत्कृष्ट गीतकारका रूपमा अन्नपूर्ण एफएम म्युजिक अवार्ड, बिन्ध्यवासिनी म्युजिकबाट अवार्ड पाएका छन् ।
प्रतिक्रिया