देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लामिछानेको सल्लाहकारमा महर्जन

देशान्तर

काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरज चन्द्र लामिछानेको सल्लाहकारमा रिकेश महर्जन नियुक्त भएका छन्। मन्त्री लामिछनेले अवैतनिक विज्ञ सल्लाहकारको रुपमा काठमाडौँ महानगरपालिका वडा नं. १० निवासी रिकेश महर्जनलाई नियुक्त गरेका हुन्।

अवैतनिक सल्लाहकार तथा विज्ञ नियुक्तिसम्बन्धी कार्यविधि २०७८ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अनुमतिमा महर्जनलाई  सल्लाहकार नियुक्त गरेको मन्त्री लामिछानेको सचिवालयले जनाएको छ। महर्जनले त्रिभुवन विश्वविद्यालय विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषयमा सामरिक रणनीति, विकास अर्थशास्त्र, अन्तर्राष्ट्रिय कानुन, मानवअधिकार प्रमुख विषय लिइ स्नातकोत्तर गरेका छ्न्।

महर्जन त्रिविको ४९औँ दिक्षान्त समारोहमा डा. दुबसु क्षेत्री स्वर्ण पदक, ज्यापू संस्कृति विकास कोषबाट ज्यापु युवा प्रतिभा पुरस्कार तथा गोविन्द स्मृति कोषबाट सम्मानित भएका छन्। उनी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विभागमा भिजिटंग फ्याक्ल्टी र विभिन्न शोध तथा अनुसन्धान संस्था र सामाजिक संस्थासँग आबद्ध छन्।