देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्कृष्ट मौलीक तीज शब्दमा गीतकार अधिकारीले र शब्दमा पण्डितले जिते अवार्ड

देशान्तर

काठमाडौं । छायाँछवि क्रियशनले नियमीत रुपमा आयोजनामा गर्दै आएको छायाँछवि तीज म्यूजिक अवार्ड –०८१ को ११ औं संस्करण सम्पन्न भएको ११औं संस्करणमा उत्कृट मौलिक तीज गायिका तर्फ गम्कीदे मादलु बाट एलीना चौहानले मौलीक गायिकामा बाजी मारेकी छिन् भने सोहि गीत बाट उत्कृष्ट मौलीक तीज शब्दमा देशान्तरकर्मी गीतकार लोकराज अधिकारीले अवार्ड चुमेका छन् । उत्कृष्ट तीज गीत गायिकामा हरदनि पुजा गर्छु म बाट शोभा पाण्डे एवं यहि बिधामा जुरी तर्फ बिन्दु बिसी ले अवार्ड पाउँदा उत्कृष्ट उत्कृष्ट तीज गीत शब्दमा सञ्चारकर्मी तथा गीतकार सुमन बैरागी पण्डितले आएन परदेशी बाट अर्वाड जितेका छन् ।

उत्कृष्ट मौलीक तीज गीतको लय तर्फ काली पसम की गीत बाट प्रेम सापकोटा सोनुले अवार्ड प्राप्त गरे । यसै गीतबाट स्मारीका ढकालले मौलीक तीज गीत मोडलमा बाजी मारीन् भने तीज गीत मोडल (महिला) तर्फ कविता न्यौपाने उत्कृष्ट बन्न सफल भइन् । साथै यसै बिधामा तीजको उमङ्ग गीत बाट शीला गजुरेलले जुरी अवार्ड प्राप्त गरीन् ।
अवार्डको अवसरमा चर्चित मोडल स्व. दिपाशा बि.सी.को स्मृतिमा यस वर्षदेखी स्थापीत छाँयाछवि दिपाशा स्मृति पुरस्कार बाट चर्चित मोडल तथा म्यूजिक भिडियो कलाकार संघको प्रथम अध्यक्ष अञ्जु निरौला पुरस्कृत भइन् । एघार हजार एक सय एघार रुपैयाको नगद राशी, सहित सम्मान पत्र, दोसल्लाबाट उनलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा मोडल सिम्रन दुलाल कुसुम, पत्रकार बर्षा खनाल, गायिका बबिना भट्टराई, बरिष्ठ सौन्दर्यविद् चुनु थापा र लोक गायिका सञ्जु न्यौपानेलाई छायाँछबि तीज नारी सम्मान द्धारा सम्मानित गरिएको छ । यस किसीमकोे सम्मान आ–आफ्नो क्षेत्रलाई उल्लेख्य योगदान दिए बापत सम्मानित गरीएको आयोजक छायाँछबि क्रियशन अध्यक्ष शान्तिप्रियले बताएका छन् ।


अवार्डमा जुरीका रुपमा गीतकार कृष्णादेबि आचार्य रोशनी, गायक भीम लिम्बु, गीतकार गोबिन्द भट्ट एवं पत्रकार दीपज्योति थापा रहेका थिए । त्यस्तै कार्यक्रममा तीज सम्बन्धित साँस्कृतिक प्रस्तुती रहेको थियो । गायिका सहिमा श्रेष्ठ र गायिका अञ्जु श्रेष्ठ ले गायन प्रस्तुति दीएका थिए भने मोडल अश्मिता पुरी र निकीशा श्रेष्ठ एवं सूर्याेदय डान्स स्टूडीयोको नृत्य प्रस्तुती रहेको थियो ।


अवार्डका थप बिजेताहरुः
उत्कृष्ट तीज गीत एरेञ्जर
विनय कार्की क्षेत्री – तिमी म नाचौं

उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
प्रकाश मिश्र – उनकै नाममा

उत्कृष्ट तीज गीत छायाँकार
मुकेश हुमागाई – के लाई पीर लीन्छौ

उत्कृष्ट तिज गीत भिडीयो सम्पादक
वीरेन्द्र भाट विपीन – रातो टिकैमा

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
सुरेन्द्र वसेल – तीजको उमङ्ग

उत्कृष्ट तीज गीत भिडियो निर्देशक
श्रीजन बराल – नाँच मायाले

उत्कृष्ट तीज गीत मोडल (पुरुष)
राहुल श्रेष्ठ – हवाइजहाज चडेर

उत्कृष्ट तीज दोहोरी गीत गायक
राजेश बर्देवा – नाच छम्म छम्म

उत्कृष्ट तीज दोहोरी गीत गायिका
अञ्जना सरु – तिमी म नाचौं

उत्कृष्ट तीज गीत लय
शुकदेव अधिकारी – नाँच मायाले

उत्कृष्ट तीज गीत नव–गायिका
संजीता खड्का – बालेनको शहर