देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उद्यमी महिलाको कथामा तिमल्सीनाको म उद्यमी सार्वजनिक

देशान्तर

काठमाडौं । गायक तथा सङ्गीतकार चक्रपाणी तिमल्सीनाको म उद्यमी बोलको गीत र म्युजिक भिडिओ सार्वजनिक भएको छ । उद्यमसंग सम्बन्धित बिषयको सायद यो पहिलो गीत हो ।

उद्यमी महिलाको कथामा आधारित गणेशप्रसाद लठको शब्द रहेको गीतमा गायिका अञ्जु पन्तले स्वर र तिमल्सीनाको संगीत रहेको छ ।

गीतको म्यूजिक भिडिओमा महिला उद्यमी सङ्घ नेपाल जिल्ला समिति नुवाकोटकी अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अन्तर्गत महिला उद्यमी उपसमिती संयोजक गीता अमात्यको अभिनय । नुवाकोटकै सञ्चालित उद्योगहरु र अध्यक्ष अमात्यको गतिविधिमा आधारित कथामा छायाँकन गरिएको छ।

अनिश तामाङले छायाँकन र ,निरज भुसालले सम्पादन म्युजिक भिडिओलाई सुब्रत आचार्यको निर्देशन गरेका हुन् । तिमल्सीनाको परिवारनै संगीत र साहित्य संग नजिक छन् । छोरी गाउछिन भने आमा गीत लेख्छिन् ।