देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

आजको मौसम पूर्वानुमान यस्तो

देशान्तर

काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव जारी छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।

हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो, देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, लुम्बिनी, र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ।

आज राती, देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ।