देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

टानको अध्यक्षमा सागर पाण्डे विजयी

देशान्तर

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को अध्यक्षमा सागर पाण्डे विजयी भएका छन्। पाण्डेले निर्वाचनमा १०० मतको अन्तरले आफ्नो प्रतिष्पर्धी राजेन्द्र सापकोटालाई पराजित गरे। पाण्डेले ५८० मत प्राप्त गर्दा, सापकोटाले ४८० मत ल्याएका थिए।

महासचिवको पदमा पाण्डे समूहकै सोनाम ग्यल्जेन शेर्पा विजयी भएका छन्। उनले सापकोटा समूहका राजेन्द्रप्रसाद सुवेदीलाई हराएका छन्।

वरिष्ठ उपाध्यक्षको पदमा कर्मा शेर्पाले चोलेन्द्र कार्कीलाई पराजित गर्दै जित हात पारेका छन्। प्रथम उपाध्यक्षको रूपमा विष्णुप्रसाद लम्साल र द्वितीय उपाध्यक्षको रूपमा सनम शेर्पा विजयी भएका छन्।

सचिवको पदमा रिञ्जी जाङबु शेर्पा र कोषाध्यक्षको पदमा गौतमराज वाग्ले विजयी भएका छन्। सहकोषाध्यक्षको रूपमा लाक्पा तेम्बा शेर्पा चयन भएका छन्।

सदस्य पदमा पवित्रा तामाङ, अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होमबहादुर विश्वकर्मा, र फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन्।

सोमबार टानको निर्वाचन सम्पन्न भएको थियो, जसमा नयाँ नेतृत्व चयन गरिएको हो।