देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमबिबिएस,बिडिएस र बिपीएचको नतिजामा हेरा फेरी भएको परीक्षार्थीको आरोप

देशान्तर

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले यस वर्ष लिएको एमबिबिएस,बिपीएच र बिडिएसको नतिजा सार्वजनिक गर्दा आयोगले लापरबाही गरेको बिद्यार्थीहरुले आरोप लगाएका छन् । 

प्रकाशित नतिजा प्रति असन्तुष्ट बिद्यार्थीहरुले नतिजा प्रकाशनमा चलखेल र हेरा फेरी गरिएको दाबी गरेका छन् । प्रकाशित नजिता आयोगको वेब साइट बाट गायब गर्नु र पुन अपलोड गर्नुले आफूहरूको आशङ्कामा बल पुगेको एक विद्यार्थीले देशान्तरलाई बताए । उनका अनुसार  एमबिबिएसको नतिजा सार्वजनिक भएको केही समय पछि उक्त नतिजा वेबसाइट बाट डिलिट गरिएको र पछि पुन सार्वजनिक गरिएको थियो ।

यसैबिच शनिवार प्रकाशित बिडिएस , बिपीएच तर्फको नतिजा पनि अहिले गायब पारिएको छ । नतिजामा चलखेल गर्नकै लागि त्यसो गरिएको अर्का विद्यार्थीले नाम नबताउने सर्तमा बताएका छन् ।  हिजो प्रकाशित बिडिएसको नजिता आयोगको वेबसाइट बाट डिलिट गरिएको छ । आयोगले नर्सिङ तर्फको नतिजा भने  हाल सम्म सार्वजनिक गरेको छैन   ।

बिद्यार्थीहरुले आयोगका सह अध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र शिक्षा मन्त्री बिद्या भटटराईलाई यसबारे छानबिन गर्न र तथ्य र प्रमाणले दोषी पाइएमा सम्बन्धितलाई कारबाही गर्न माग गरेका छन् ।