देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कोशी अस्पताललाई जापानले गर्‍यो अत्याधुनिक चिकित्सा उपकरण हस्तान्तरण

देशान्तर

जापानले पूर्वी नेपालमा रहेको कोशी अस्पताललाई अत्याधुनिक चिकित्सा उपकरण हस्तान्तरण गरेको छ ।

विराटनगर महानगरपालिकाको कोशी अस्पतालमा नेत्र चिकित्सा उपकरण, जापानी दूतावासका डेपुटी चिफ अफ मिसनले ग्रासरुट ह्युमन सेक्युरिटी प्रोजेक्ट्स अनुदान सहायता अन्तर्गत कोशी अस्पतालमा मोतियाबिन्दु र ग्लुकोमा विरामीलाई सहयोग पुग्ने गरी उपकरण हस्तान्तरण गरेका हुन् ।

मोरङ जिल्लाका बासिन्दाका लागि मात्र नभई सुनसरी, इलाम, धनकुटा र तेह्रथुमका स्थानीयलाई आँखा उपचारमा सहजता हुने विश्वास टमुराले व्यक्त गरे ।

सन् १८९० मा स्थापना भएदेखि नै कोशी अस्पताल पूर्वी नेपालका जनताका लागि भरोसाको केन्द्र बन्दै गएको छ । अस्पतालले बार्षिक ३ लाख बढी विरामीको सेवा गर्दै आएको छ ।