देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तीज मनाउनेक्रममा अनावश्यक तडक भड्क नगर्न काठमाडौँ प्रशासनको आग्रह

देशान्तर

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आउदै गरेको तीज मनाउनेक्रममा अनावश्यक तडक भड्क नगर्न आग्रह गरेको छ ।

प्रशासनले विहिबार एक सूचना जारी गर्दै आफ्नो परम्परा एवं सामाजिक रीतिरिवाजलाई मौलिक रुपमा संरक्षण र सम्वर्द्धन गर्ने बाहेक अन्य तीजसँग सम्बन्धित खर्चिला र भड्किला कार्यक्रम संचालन नगर्न आग्रह गरेको हो ।

साथै प्रशासनले अनावश्यक तडक भड्क र खर्चिलो हुने गरि तीजका कार्यक्रम आयोजना गरेमा निगरानी गरि कानुन अनुसार कारवाही हुने स्पष्ट गरेको छ ।