देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश

देशान्तर

काठमाडौँ । जापानले चिनियाँ विमानलाई घुसपैठ गरेको आरोप लगाएको छ । जापानले चीनमाथि आफ्नो जासुसी विमानले जापानको हवाई क्षेत्र उल्लंघन गरेको आरोप लगाएको हो । 

चिनियाँ विमान जापानी भूमिमा प्रवेश गरेको यो पहिलो पटक भएको बताइएको छ । चीनको वाई–९ निगरानी विमान जापानको आकाशमा करिब दुई मिनेटसम्म रहेको बताइएको छ । यसपछि जापानले आफ्ना लडाकु विमानहरू तैनाथ गरेको थियो । कुरा डान्जो टापुको हो ।

जापानले यस घटनालाई पूर्ण रूपमा अस्वीकार्य घटना भनेको छ । साथै जापानले यस घटनाको विरोध गर्दै  चिनियाँ दूतावासका अधिकारीलाई बोलाएर स्पष्टीकरण सोधेको छ । जापानी प्रसारक एनएचकेका अनुसार सोमबारको यो घुसपैठपछि जापानले चिनियाँ विमानलाई चेतावनी दिएको थियो । तर फ्लेयर गन जस्तो कुनै हतियार प्रयोग भएन । 

जापान सरकारले कूटनीतिक माध्यमबाट चीनसँगको यो घुसपैठको विरोध गर्ने बताएको छ । साथै जापानले आगामी दिनमा यस्तो नहोस् भनेर पनि माग गरेको छ । यस विषयमा चीनबाट आधिकारिक प्रतिक्रिया आएको छैन ।