देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘नाई मलाई थाहा छैन’ रविको बयान

देशान्तर


काठमाडौं । पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेसँग सहकारीको रकम अपचलनमा बयान लिएसँगै संसदीय छानबिन विशेष समितिले बयान लिने काम करिव करिव सकेको छ र बयान तथा सोधखोजका क्रममा प्राप्त तथ्यहरुलाई विश्लेषण गरी प्रतिवेदन लेखनको तयारी गरेको छ भने केही कारबाहीका लागि किटानी तथा केही नीतिगत सुधारका सिफारिससहितको प्रतिवेदन संसदलाई बुझाउने तयारी गरेको छ । सम्भवतः यसैसाता सभामुखलाई प्रतिवेदन बुझाउने तयारी समितिको छ ।
एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले शुक्रबार मध्यरातसम्म लामिछानेसँग बयान लियो । गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेसँग विशेषगरी सूर्यदर्शन र सुप्रिम सहकारीबाट ऋण लिएको विषयमा सोधपुछ गरेको हो तरलामिछानेले भने ती सहकारीबाट ऋण लिने व्यक्ति आफू नभएको भन्दै इन्कारी बयान दिएका छन् र गोर्खा मिडिया र आफ्नो नाममा सहकारीहरुबाट आएको ऋणको विषय आफ्नो जानकारीमा नरहेको दाबी पनि गरेका छन् । लामिछानेलाई ५१ वटा प्रश्न सोधिएकोमा गोर्खा मिडिया अन्तर्गतको ग्यालेक्सी टीभीमा आफू प्रबन्ध निर्देशक( एमडी) रहेको बाहेकमा इन्कारी बयान दिएका हुन् । पोखरामा रहेको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीबाट ऋण लिएको रवि लामिछाने म होइन, मेरो नागरिकता, धितो, कागजपत्र केही पनि प्रयोग भएको छैन। जिबीले नै फेक ऋणी बनाएको भए मलाई जानकारी भएन,’ समितिमा रविले भनेका थिए ।


गोर्खा मिडियाका अध्यक्ष जिबी राईको सहकारीमा संलग्नता थियो भन्ने कुरासमेत आफूले ग्यालेक्सी छोडेको महिनौंपछि मात्रै थाहा पाएको उनको दाबी थियो । ५१ प्रश्नमा करिव १० घण्टा लामो बयान लिँदासमेत अधिकांशमा रविले आफूलाई जानकारी नभएको र गोर्खा मिडियामा आफू टिभी सञ्चालनको पाटो हेर्न मात्र गएको र आर्थिक विषयमा कुनै जानकारी नभएको बताएका थिए । लामिछानेले जिबी राई र उनको समूहले गरेको सहकारीको बचत रकम अपचलन तथा गोरखा मिडियामा आएको रकमबारे आफूलाई केही जानकारी नभएको बयान दिएका हुन् । उनको र छबिलाल जोशीका सबै बयान रेडिमेड जस्ता भएको समितिका सदस्यले जानकारी दिएका छन । रविले इन्कारी बयान दिँदै आफू गोरखा मिडिया नेटवर्ककको मालिक नभएर तलबी कर्मचारीमात्र भएको जिकिर समिति समक्ष गरेका थिए । रविलाई समितिले लिखित प्रश्न सोधेको थियो । तर उनले आफ्नो नाममा ऋण निकालेको पनि थाहा नभएको र तिरेको पनि थाहा नभएको बयान दिएका हुन् । बयान सकेर पार्टीको कार्यक्रममा चितवनको राप्ती नगरपालिकाको डडुवामा पुगेर उनले सहकारीबाट आफूले ऋण लिएको प्रमाण छ भनेर संसदमा बोल्ने नेताले एक सय छ दिन बित्दासमेत प्रमाण दिन नसकेको टिप्पणी गरे । उनले प्रमाण छ भनेर भन्नेले संसद,संसदीय छानबिन समिति र सरकारलाई प्रमाण दिन नसकेको भन्दै आफैलाई आफैले चोख्याउने शैलकिो भाषण गरेका थिए । संलग्नता नभए पनि सहकारी प्रकरण भन्दै हदैसम्म दुख दिएर आफ्नो बद्नाम गर्न खोजिएको उनको भनाई थियो ।