काठमाडौं । जतिबेला सदन र सडकमा सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपाका सभापति रविलामिछाने लगायतमाथि छानवीनको माग जोड तोडले उठिरहेको थियो त्यतिबेला बैसाख २८ गते रास्वापाका हाल कारवाहिमा परेका महामन्त्री मुकुल ढकालले सामाजिक सञ्जालमा लेखेका थिए प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नुहोला । तपाईंको सभापतिले आजसम्म कसैलाई ठगेको छैन । तर जव रास्वपाले पहिले महामन्त्रीबाट हटायो र अहिले साधारण सदस्यबाटै हटाउने तयारी स्वरुप अन्तिम पटक भन्दै स्पष्टिकरण सोध्यो त्यस्को जवाफ दिदै ढकालले रवि लामिछानेले सहकारीमा ठगी गरेको, मन्त्री हुँदा भ्रष्ट्राचार गर्नु गरेको र राहदानी दुरुपयोग गरेको अपराधी हो भनेर म प्रमाणित गर्न सक्ने कडा प्रहार गरेका छन ।
रास्वपाले ढकालको साधारण सदस्यता खारेज गर्ने सन्दर्भमा दोस्रो पटक स्पष्टीकरण सोधिएको थियो । पहिलो स्पष्टीकरण पार्टी सचिवालयका तर्फबाट र दोस्रो केन्द्रीय समितिका तर्फबाट मागिएको हो । रास्वपाले ढकालमाथि कारबाही गर्दा उनको साधारण सदस्यता कायम राखेको थियो । रास्वपाले सोधेको पछिललो स्पष्टीकरणको जवाफ लेख्दै ढकालले लामिछानेलाई सहकारीमा ठगी गरेको, मन्त्री हुँदा भ्रष्ट्राचार गरेको र राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्ने दाबि गर्दै कहिल्यै चुनाव लड्न नपाउने गरि जेल जान सक्ने बताएका हुन् ।
भदौ ५ गते कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले हस्ताक्षर गरि सोधेको स्पष्टिकरणको जवाफमा ढकालले सिधै लामिछानेलाई सम्बोधन गर्दै पत्रमा भनिए अनुसार पार्टीको विधान र आचारसंहिता विपरीत कार्य नगरेको बरु पार्टी जोगाउन लडिरहेको भन्दै उनले सत्य र प्रमाणका आधारमा प्रश्न उठाउनु पार्टी विरुद्ध लाग्नु नभएको बताएका छन् । उनको पत्रमा भनिएको छ तपाईँ रवि लामिछानेले सहकारीमा ठगी गर्नु भएको छ, तपाईँले मन्त्री हुँदा भ्रष्ट्राचार गर्नु भएको छ र तपाईँ राहदानी दुरुपयोग गरेको एक अपराधी हो भनेर म प्रमाणित गर्न सक्छु । सहकारी मुद्दामा तपाईँ ६–८ वर्ष वा त्योभन्दा बढी जेल जान सक्नुहुन्छ, भ्रष्ट्राचार मुद्दामा पनि जेल जान सक्नुहुन्छ । राहदानी दुरुपयोगमा तपाईँ कहिले निर्वाचनमा भाग लिन पाउनु हुन्न । यी सँगै अन्य धेरै ठाउँमा किर्ते , ठगीमा संलग्न हुनुहुन्छ । आफू ठगी, भ्रष्ट्राचारी र राहदानी दुरुपयोगको अपराधी होइन भनेर प्रमाणित गर्नुको सट्टा तपाईँ दुराशयका साथ ममाथि कारबाहीको प्रयास गर्दै हुनुहुन्छ । आम पार्टी सदस्य एवं नेतागणका राजनीतिक भविष्यलाई तपाईँले कसरी आफ्नो निहित स्वार्थका लागी प्रयोग गरिरहनु भएको छ, म त छर्लङ्गै छु र पार्टीमा तपाईँले गरेको कुकर्मको पर्दाफास गर्नु पार्टीको संस्थापकको हैसियतले मेरो कर्तव्य हो । आफ्नो वाक कलाको आधारमा जनतालाई भ्रमित पार्दै हुनुहुन्छ, र प्रश्न गर्नेलाई कारबाहीको डन्डा चलाउने दुस्साहस गर्दै हुनुहुन्छ । यसले नेपाली माटोमा नै लोकतन्त्रमाथि खतरा उत्पन्न भएको छ । आज पार्टी जोगाउनकै लागि म बोल्दै गर्दा कारबाही गर्ने प्रयास जुन गर्नुहुँदै छ, यसको परिणाम स्वरूप पार्टीमा कसैले बोल्ने हिम्मत गर्ने छैनन् ।
उनि त्यतिमा मात्र रोकिएका छैनन अगाडी भनेका छन् सिंहको मुटु छ भनेर भाषण गर्नुभयो तर फिस्टो चराको जत्रो पनि मुटु देखिएन । उल्टै भ्रष्ट्राचारमा लिप्त हुनु भयो । तपाईँजस्तो ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई मुक्त गराउन लड्नु, पार्टीको हितमा हो, पार्टी विपरीत होइन । यसरी म पार्टी र जनताको हितका लागि लडिरहँदा पार्टीबाट साधारण सदस्य समेत नरहने गरी कारबाहीको प्रयास गर्नु भनेको लोकतन्त्रमाथि नै हमला गर्नु सरह हुनेछ । पार्टी विपरीत म होइन तपाईँ लाग्नु भएको छ ।
उनले आफूले उल्लेख गरेका सबै कुरा म प्रमाणित गर्न सक्ने पनि दाबी गरेका छन् । उनले यसलाई विषयान्तरको रूपमा नबुझ्न भन्दै उनले रविलाई सीधै ठग, अपराधी र भ्रष्टाचारीको संज्ञा दिदै ठग, भ्रष्ट र अपराधीको पन्जाबाट पार्टीलाई जोगाउन गरिएको लडाइँ भएको जिकिर गरेका छन् ।
पार्टीले गरेको कारबाहीलाई मान्यता नदिन ढकालले यसअघि नै आफ्नो कारबाहीसम्बन्धी कुनै पनि पत्र अद्यावधिक नगर्न भन्दै निर्वाचन आयोगलाई पत्र लेखेका छन्। निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ बमोजिम ३० दिनभित्र अद्यावधिक गर्न आएका पत्रमा विश्वास नगर्न ढकालले आयोगलाई भनेका छन् । तर आयोगमा दिएको निवेदनमा आयोगले हाल सम्म कुनै निर्णय दिएको छैन् । २५ असारमा बसेको रास्वपा केन्द्रीय समिति बैठकले महामन्त्रीबाट निष्कासन गरेपछि ढकालले १३ साउनमा उक्त कारबाही विधिसम्मत नभएको भन्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । आयोगले मान्यता नदिनेमा विश्वस्त रहेको भन्दै ढकालले आयोगबाट न्याय नपाए अदालत जाने बताई सकेका छन् ।
प्रतिक्रिया