केही समयअघि, मलाई एउटा फोन आयो एकदिन । फोन अप्रत्याशित थियो । तर जुन संस्थाबाट आएको थियो, त्यसको नाउँ त सुनेको थिएँ, तर उक्त संस्थासँग म परिचिथ भने थिइनँ । संस्थाको नाउँ हो सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र ।
‘अक्षलोक’ त्यसै संस्थाले प्रकाशित गर्ने पत्रिका हो । पत्रिका सिद्धिश्वरमानले नै प्रकाशन सुरु गरेको पत्रिका हो । अर्थात् ‘अक्षलोक’ का संस्थापक उनै सिद्धिश्वरमान हुन् । सिद्धिश्वरमानको नाउँसितउनको पत्रिकासँग परिचित रहेको हुँ । उनी एक विद्वान साहित्यकार हुन् । साहित्यलाई माया गर्ने व्यक्ति हुनाले उनको साहित्यको सेवा गर्ने पवित्र उद्देश्यले अक्षलोकको प्रकाशन थाले ।
उनको असामयिक दुखद् निधन भएको थियो । मलाई त्यसबारे त्यति ज्ञान थिएन । सुनेपछि दुःख लाग्यो । एक साहित्यिक तपस्वीको निधनमा । त्यसपछि प्राय यस्तामा अन्य पत्रिका भए बन्दै हुँदो हो । तर त्यसपछिको कुराको सिद्धिश्वरमान अक्षेलाक साहित्यिक केन्द्र म झन् सराह्रना गर्दछु ।
उनको परिवारले ‘अक्षलोक’ बन्द हुन थिएन । त्यसलाई झन् विस्तार दियो । सिद्धिश्वरमान अक्षेलोक साहित्यिक केन्द्र । यो संस्थाले अक्षलोक पत्रिका त प्रकाशित गर्छ नै सिद्धिश्वरमान र पत्रिकाको नाउँमा सम्मान पनि प्रदान गर्दछ । पुरस्कार–छात्रवृत्ति पनि दिन्छ ।
त्यही संस्थाबाट मलाई फोन आउँदा मैले त्यस्तो राम्रो संस्थाको सम्मान प्राप्त गर्ने खबर सुन्दा, प्रसन्न भएँ ।
त्यसदिन संस्थाको आयोजनामा भएको कार्यक्रममा धेरै श्र्रोताको उपस्थिति थियो । पुरस्कार÷सम्मान धेरैले पाएका थिए । त्यो पनि विभिन्न विधामा ।यो विविधता मलाई मन प¥यो । मेरो छेउमै दीपक जंगम थिए । उनले संगीत साधनाका लागि पाएका थिए । अरु कसले कतिपय क्षेत्रमा साधनाका लागिएका थिए । मलाई लाग्छ, समाजका प्रायःजसो क्षेत्रलाई ढाक्नेगरी सम्मानहरूको व्यवस्था गरिएको थियो ।
मैले यति धेरै विधामा सम्मान/पुरस्कार प्रदान गरेको पहिले देखेजस्तो लाग्दैन । वास्तवमा मलाई के देखेर आचार्यजनक खुसी लाग्यो भने त्यतिका विधामा व्यक्तिहरूको उनीहरूले गरे कसरी ? मेरै नाउँ भनुँ कसरी उनीहरूको दृष्टिमा आयो होला ? साँच्चै भन्ने हो भने मेरो त त्यो संस्थाको कसैसित कुनै परिचय पनि छैन । यसलाई निष्पक्षताबाहेक अरू नाउँ दिन सकिन्न । धेरैका लागि एउटा ‘रिमोट’को मानिस म । उनीहरूले गोताखोरजस्तै खोजेर निकाले मलाई । यहाँ मैले धेरै बोलेको होइन । कारणवश सुझाउँदैनन् । यस्तो अरु अरु बेला पनि नभएको होइन, तर अहिले यस संस्थाको प्रसंग छ ।
जे होस् यो सम्मानप्रति म गौरवान्वित छु र संस्था संस्थाका सदस्य र स्व. सिद्धिश्वरमान सिंलाई हार्दिकतासाथ, श्रद्धाका साथ स्मरण गर्दछु । विभिन्न किसिमका उपाधिहरूका साथ कुनै विद्यामा साधना गर्नेलाई सम्मानित गरिएको थियो । तीमध्ये केवल दुई जनालाई बेग्लै सम्बोधनको समालोचनामा र मलाई कथा विधामा ।
मलाई अलिक संकोच पनि लाग्यो यत्रो सम्मान दिँदा । कारण म आफूलाई त्यस्तो त ठान्दिनँ, तर एक स्थापित र समर्पित संस्थाले न्याय भावले छनोट गरेर प्रदान गरेको सम्मान, कसरी ग्रहण नगर्नु ? फेरि प्रदान गर्नेको सम्मानमा बाधा पनि त पुग्नु भएन । त्यसकारण म योग्य छैन अझै पनि भन्छु तर दिनेले योग्य ठान्छ भने मैले ग्रहण गरेँ। सम्मानको सारांश म सनाउँछुपाठकलाई पनि केही लाग्ने हुन सक्छ । सम्मान सारांशमा यस्तो थियोः
श्री डा. ध्रुवचन्द्र गौतम
… कथा विधामा नयाँ आयाम सिर्जना गर्दै उत्कृष्ट योगदान गर्नु भएकोमा त्यसको उच्च कदर गर्दै यहाँलाई सिद्धिश्वरमान सर्वाेत्कृष्ट शताब्दी कथा–साधक सम्मानले सम्मान गर्दछौं ।’
यो मेरा लाग संकोच र सम्मानको अलग्ग आयाम भएन त ?कृष्णमुरारी ढुंगेल पहिले एक कलाकार थिए । उनी ससाना भूमिकादेखि सिरियलको नायकसमेत बने । एकेडेमीमा जागिर खाए । पछि अमेरिकामा बसोबास गर्न थाले । अब उनी स्थायीरूपमा नेपाल फर्किने तरखरमा छन् भनेर उनैे मलाई सुनाए ।
चाबहिलमा बस्दा मेरो उनीसँग लामो संगत भयो । त्यस बखत उनी मेरा छिमेकी थिए । त्यही नाताले उनी मिलनसार भएका कारण अझै संगतमा छन् ।
तर एउट अर्काे प्रतिभा पनि उनीमा रहेछ, त्यो त्यस बखत मलाई थाहा थिएन । लेखनको प्रतिभा । अमेरिकाबाट अन्य देशमा घुम्न गएका उनीले पहिलो यात्रा संस्मरण लेखेका थिए, ‘छोहाहोला’ ।
नाउँको अर्थ के होला भन्ने उत्सुकता भएको थियो । पढ्दै गएपछि एक रोचक तथ्य फेला पर्छ‘छोहाहोला’ शीर्षकको ।
त्यसबाट हौसिएर होला, उनले यसपटक आफ्नो यात्राको शीर्षक राखे ‘जिगामिया’ । जिगामिया लेखकले यात्राकथा भनेका छन् राम्रो हो । यो यात्रा कथा रोचक पनि छ, त्यसबाट उनी यात्रा संस्मरण परफेक्सनका साथ लेख्न सक्छन्, त्यो पनि सावित भयो । केही समयअघि उनको त्यो पुस्तकको विमोचन भयो । म पनि अतिथि थिएँ । मैले बोल्दा त्यही कुरा भने, जुन मैले लेखकलाई पनि सोधेको थिएँ ।
यो पुस्तकको शीर्षक यस्तो केगरी राख्यौं मुरारी ? डिक्सनरी हेरेर
त्यसरी शीर्षक किन राख्ने ? त्यही पुस्तक कति प्रसंग थिए, त्यसबाट राखेको भए हुन्थ्यो ? उनले फेर्छु त भने, पछि भने फर्ने भ्याइएन । जे होस पुस्तक जिगमिया एकसफल यात्रा कथा हो । विमोचन समारोह पनि भव्य र सफल थियो । कलाकारहरू पनि आएका थिए । नीर शाहसमेत उनीसित धेरैधेरै दिनमा भेट हुन्छ, पुराना मित्र साहित्यकार फिल्मकार रमाइलो लाग्छ ।
जे होस्, त्यो समारोहमा कृष्णमुरारी ढुंगेलको लोकप्रियता जसरी देखियो, त्यसैगरी पुस्तक जिगमिया पनि लोकप्रिय होस्, यही शुभकामना छ ।
प्रतिक्रिया